Skip to main content

धनगढी न्यूज

रामेछाप बस दुर्घटना : क्षतिपूर्ति र उपचारको माग गर्दै घाइते र मृतकका आफन्त प्रदर्शनमा

Advertisement

२८ माघ, काभ्रे । रामेछापमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै सडक जाम गरेका छन् ।

रामेछापको मन्थलीस्थित मन्थली अस्पताल क्षेत्रमा घाइते तथा मृतकका आफन्तले सडक जाम गरेका छन । पीडितहरूले मन्थली नगरपालिका– २ भुत्याहा खोला छेउमा टिफर तेर्स्याएर यातायात अवरुद्ध गरेका हुन् ।

जसकारण रामेछापबाट काठमाडौं र काठमाडौंबाट रामेछाप र ओखलढुंगाका विभिन्न भागहरूका लागि छुटेका बसहरू गन्तव्यमा नपुगी बाटोमै रोकिएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाएका र घाइते भएका परिवारका आफन्तले बस व्यवसायी र अरनिको यातायात सेवा समितिका पदाधिकारीहरूलाई सम्पर्क आउन, मृतक परवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचारको माग गर्दै सडक जाम गरेका हुन् ।

उनीहरूले क्षतिपूर्तिको माग पुरा नहुन्जेल हिजो भएको दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको शव नबुझ्ने अडान राखेका छन् ।

समस्यालाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापमा सर्वपक्षीय बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

दुर्घटनामा परी बस धनी लिखु तामाकोशी गाउपालिका वडा नं –४ का दिपेश बस्नेत र उनका आफ्नै भतिज दिपेन्द्र बस्नेत (काका, भतिजा) र सोहस् पालिका वडा नं –७ तिल्पुङका एकै परिवारका ४ जना सहित १२ जनाको ज्यान गएको थियो ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...