Skip to main content

धनगढी न्यूज

निर्वाचन आयोगद्वारा ‘डिजिटल’ मतदाता शिक्षा अभियान शुरु, वडा–वडामै खटिए स्वयंसेवक

Advertisement
काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा विशेष मतदाता शिक्षा अभियान शुरु गरेको छ।

फागुन ३ गतेदेखि शुरु भएको यो अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्दै आयोगले यस पटक आफ्नै नेतृत्वमा प्रभावकारी रूपमा कार्यक्रम अगाडि बढाएको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

विगतमा स्थानीय तहका कर्मचारीहरूलाई स्वयंसेवकको रूपमा परिचालन गरिँदै आएकोमा यस पटक आयोगले प्रत्येक वडामा एक–एक जना आफ्नै स्वयंसेवक नियुक्त गरेको छ। स्थानीय तहबाट सञ्चालित कार्यक्रममा अपनत्वको कमी देखिएकाले यस पटक आयोगले आफैंले स्वयंसेवक छनोट गरी तालिम दिएर कार्यक्षेत्रमा खटाएको हो।

यी स्वयंसेवकहरूले स्थानीय भाषा र परिवेश बुझेर मतदाताहरूलाई सही तरिकाले मतदान गर्ने विधि सिकाउनेछन्। यस पटकको मुख्य विशेषता ‘डिजिटल मतदाता शिक्षा’ रहेको सूचना अधिकारी घिमिरेले बताए। कागजको प्रयोगलाई न्युनिकरण गर्ने उद्देश्यले आयोगले पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिएको छ।

निर्वाचन आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ मा उपलब्ध रहेका भिडियो, एनिमेसन र ब्रोसरहरू मतदातालाई देखाएर शिक्षा दिइनेछ। स्वयंसेवकहरूले घरदैलोमा जाँदा नमूना मतपत्र र स्वस्तिक छापको प्रयोग गर्दै मत बदर हुन नदिने तरिका सिकाउने घिमिरेले बताए।

सूचना अधिकारी घिमिरेकाअनुसार अभियानको प्रभावकारिता अनुगमन गर्न आयोगले प्रविधिको प्रयोग गरेको छ। हरेक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरूलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने केन्द्रबाट ह्वाट्सएप ग्रुपमार्फत दैनिक रिपोर्टिङ र अनुगमन भइरहेको छ।

मतदाताहरूलाई पनि आयोगको आधिकारिक पेज फलो गर्न प्रोत्साहन गर्दै डिजिटल माध्यमबाटै निर्वाचन सम्बन्धी जानकारी लिन आग्रह गरिएको छ।थाहाखबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...