Skip to main content

धनगढी न्यूज

Day: February 15, 2026

निर्वाचनमा कति दिन विद्यालय बन्द हुन्छन् ?

निर्वाचनमा कति दिन विद्यालय बन्द हुन्छन् ?

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन आउन अब १८ दिन बाँकी छ। आगामी २१ मा हुने प्रतिनिधिसभा निर्वाचन एकै चरणमा देशभर हुँदै छ। जसअनुसार सरकार लागि परेको छ। प्रधानमन्त्री सुशीला कार्की विभिन्न क्षेत्रमा पुगेर निर्वाचन तयारीबारे समेत जानकारी लिइरहेकी छिन्। मतपत्र छपाइको काम पनि अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। अब काठमाडौं उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ। अब दुई दिनमा मतपत्र छपाइ सक्ने आयोगको तयारी छ। छापिएका जति जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको छ। हाल दैनिक ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ। यता,निर्वाचनमा होमिएका…
Read More
सन् २०३५ सम्म जीडीपी लक्ष्य १११ अर्ब डलर, तर पुरानै दलको छाया

सन् २०३५ सम्म जीडीपी लक्ष्य १११ अर्ब डलर, तर पुरानै दलको छाया

कामाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीले (उनेपा) सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा अर्थतन्त्रलाई उत्पादनमुखी, समावेशी र दिगो बनाउने महत्त्वाकांक्षी योजनाहरू समावेश गरिएका छन् । सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य नारा बनाएको यस पार्टीले आगामी दशकलाई ‘समृद्धिको लागि विकास दशक’ घोषणा गर्दै नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिने संकल्प गरेको छ । उनेपाले नयाँ शक्ति र नयाँ सोचका साथ आफूलाई प्रस्तुत गरे पनि यसको घोषाणा पत्रले अर्थतन्त्रका पुराना राजनीतिक दलहरूको छाप छोड्न सकेको देखिँदैन । यस घोषणापत्रमा जलस्रोत, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना र डिजिटल नवीनतालगायत लगभग सबै क्षेत्रलाई समेट्दै नेपाललाई नयाँ युगमा…
Read More
राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारी साधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारी साधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने

निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ। आयोगद्वारा आज जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ। निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधनबाहेक अन्य कुनै किसिमको साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने पनि आयोगको निर्देशन छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा…
Read More
उज्यालो पार्टीको प्रतिबद्धता : सांसद-मन्त्री संख्या घटाउने, १० वर्षमा जीडीपी १११ अर्ब डलर

उज्यालो पार्टीको प्रतिबद्धता : सांसद-मन्त्री संख्या घटाउने, १० वर्षमा जीडीपी १११ अर्ब डलर

३ फागुन, काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी(उनेपा) ले प्रतिनिधि र प्रदेश सभा सदस्यको संख्या घटाउने प्रतिबद्धता गरेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उनेपाद्वारा आइतबार सार्वजनिक प्रतिबद्धता पत्रमा सांसद संख्या घटाउने विषय उल्लेख छ । उनेपाले प्रतिबद्धता पत्रमार्फत प्रतिनिधिसभा सदस्यको संख्या २७५ घटाएर २०१ बनाउने  प्रतिबद्धता गरेको छ । यस्तै सात प्रदेशमा रहेका ५५० जना प्रदेशसभा सदस्य संख्या कटौती गरेर ३३० मा झार्ने उल्लेख छ । उनेपाले दुई तहका संसदको आकार घटाउने प्रतिबद्धता गरेपनि समावेशिता कायम राखेरै कुन विधिबाट घटाउन सकिन्छ भन्ने विकल्पमा भने प्रतिबद्धता पत्रमा मौन छ । यस्तै, उनेपाको प्रतिबद्धतापत्रमा संघीय र प्रदेश सरकारका मन्त्रिपरिषद्को…
Read More
निर्वाचन आयोगद्वारा ‘डिजिटल’ मतदाता शिक्षा अभियान शुरु, वडा–वडामै खटिए स्वयंसेवक

निर्वाचन आयोगद्वारा ‘डिजिटल’ मतदाता शिक्षा अभियान शुरु, वडा–वडामै खटिए स्वयंसेवक

काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा विशेष मतदाता शिक्षा अभियान शुरु गरेको छ। फागुन ३ गतेदेखि शुरु भएको यो अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्दै आयोगले यस पटक आफ्नै नेतृत्वमा प्रभावकारी रूपमा कार्यक्रम अगाडि बढाएको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। विगतमा स्थानीय तहका कर्मचारीहरूलाई स्वयंसेवकको रूपमा परिचालन गरिँदै आएकोमा यस पटक आयोगले प्रत्येक वडामा एक–एक जना आफ्नै स्वयंसेवक नियुक्त गरेको छ। स्थानीय तहबाट सञ्चालित कार्यक्रममा अपनत्वको कमी देखिएकाले यस पटक आयोगले आफैंले स्वयंसेवक छनोट गरी तालिम दिएर कार्यक्षेत्रमा खटाएको हो। यी स्वयंसेवकहरूले स्थानीय भाषा र परिवेश बुझेर मतदाताहरूलाई सही तरिकाले मतदान…
Read More
म्याग्दीका गाउँ–गाउँ पुगेर मतदातालाई महावीरको अपिल– मन लागे भोट देऊ, नलागे नदेऊ

म्याग्दीका गाउँ–गाउँ पुगेर मतदातालाई महावीरको अपिल– मन लागे भोट देऊ, नलागे नदेऊ

बागलुङ । यतिबेला म्याग्दीको विकट बस्तीहरूमा चुनावी प्रचारमा छन् महावीर पुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बनेका पुन बिहान सबेरैदेखि राति अबेरसम्म गाउँ बस्तीमै भेटिन्छन् । माघ ६ गते मनोनयन दर्ता गरे लगत्तै मतदाता भेटघाटमा लागेका पुन अहिले गाउँ बस्तीमा पुगेर मत मागिरहेका छन् । मतदाता भेट्न गाउँ–गाउँ पुगेका महावीरका साथमा न कार्यकर्ता छन्, न त बडेमानका पर्चा वा तामझाम नै छ । उनका साथमा छन् त केवल सवारी चालकसहित एक सहयोगी र केही थान सुशासन स्थापना गर्ने सपना । त्यही सपना बोकेर महावीर जनताका घर र बस्तीमा पुगिरहेका छन् । पुनले हरेक दिन सामाजिक सञ्जालमार्फत भोलिपल्टको…
Read More
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

३ फागुन, रौतहट । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको हो । बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उनकी श्रीमती गम्भीर घाइते भएका थिए । दुवै जना टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत अवस्थामा फेला परेका…
Read More