Skip to main content

धनगढी न्यूज

राष्ट्रिय लिगमा लालीगुराँसले गुमायो अवसर Citizen life Insurance

Advertisement
काठमाडौंः अग्रता जोगाउन नसक्दा लालीगुराँस एसोसिएसनले जारी एन्फा राष्ट्रिय लिगमा अंकतालिकाको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा लालीगुराँसले फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीको नतिजा सामना ग¥यो। लालीगुराँसले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो। लालीगुराँसका लागि सरोज गुरुङले गोल गरेको भएपनि फ्रेन्ड्सका जेनिस प्रजापतिले गोल फर्काएका थिए। लालीगुराँसले १४औं स्थानको फ्रेण्ड्स क्लबविरुद्ध धेरै चुनौती दिएपनि जित भने निकाल्न सकेन।

दोस्रो स्थानको लालिगुराँस लिगमा अपराजित छ। फ्रेण्ड्सलाई हराए लालीगुराँस शीर्ष स्थानमा उक्लिन सक्थ्यो। तर, अंक बाँडेपछि दोस्रो स्थानमा नै सीमित भयो। सात खेलबाट पुसिल १९ अंकसहित शीर्ष स्थानमा छ भने आठ खेलबाट लालीगुराँसले १८ अंक जोड्यो। सरोज गुरुङले करिब १८ यार्डबाट दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरेका थिए।

यससँगै पहिलो हाफमा लालीगुराँस अगाडि रह्यो। दोस्रो हाफमा फ्रेण्ड्सले गोल फर्कायो। फ्रिकिक बललाई सदुपयोग गर्दै जेनिसले गोल गरेका हुन्। यसपछि थप गोल हुन सकेन र खेल १–१ को बराबरीमा नै सकियो। यो बराबरीपछि फ्रेन्ड्सले आठ खेलबाट ६ अंक बटुल्यो। बराबरीपछि फ्रेन्ड्स १३औं स्थानमा उक्लिन सफल भयो।

त्यसअघि नाइजेरियन स्ट्राइकर रिचार्ड चुक्युदालु ओन्यमाको ह्याट्रिक प्रेरणामा संकटा क्लबले राष्ट्रिय लिगमा दोस्रो जित निकाल्दै अंकतालिकामा सुधार गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा संकटाले एन्फा प्रेसिडेन्ट लिगबाट आएको चित्लाङ एफसीमाथि ४–० गोलको सहज जित निकाल्यो। संकटाको जितमा विदेशी खेलाडी चम्किए। रिचार्डले ह्याट्रिक पूरा गर्दा अर्का विदेशी खेलाडी टाय ड्यानिल बाडारुले एक गोल गरे।

अंकतालिकाको १०औं स्थानको चित्लाङ र ११औं स्थानको संकटाबीच प्रतिस्पर्धा भएको हो। जहाँ सहिद स्मारक ‘ए’ डिजिभन क्लब पूर्ण हाबी हुँदै नवौं स्थानमा उक्लिएको छ। चित्लाङ भने एक स्थान तल झरेको छ। संकटाले पहिलो हाफमा नै तीन गोल ग¥यो। दोस्रो हाफमा खेलमा फर्कने चित्लाङको प्रयास सफल भएन र उल्टै चौथो गोल व्यहो¥यो। संकटाले आठ खेलबाट ९ अंक जोड्यो।

संकटाले तीन हार र तीन बराबरीको सामना गरेको छ। चित्लाङको भने यो तेस्रो हार हो। समान खेलबाट चित्लाङ सात अंक जोड्दै १२औं स्थानमा झरेको छ। चित्लाङले चार बराबरी र एक जित निकालेको छ। आफ्नो आठौं खेलमा चित्लाङ पहिलो मिनेटदेखि नै दबाबमा प¥यो। रिचार्डले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। ३५औं मिनेटमा टायको गोलबाट संकटाले अग्रता दोब्बर बनायो। पहिलो हाफको थप समयमा संकटाले तेस्रो गोल ग¥यो।

यसपल्ट रिचार्डले व्यक्तिगत दोस्रो गोल गरेका हुन्। पहिलो हाफमा संकटा ३–० गोलले अगाडि रह्यो। दोस्रो हाफमा गोल हुन धेरै समय पर्खनु प¥यो। ७५औं मिनेटमा रिचार्डले गोल गर्दै ह्याट्रिक पूरा गरे। यससँगै संकटा ४–० को सहज अग्रतामा पुग्यो। यसपछि बाँकी समयमा थप गोल हुन सकेन र संकटाले दोस्रो जित निकाल्यो।थाहा खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...