Skip to main content

धनगढी न्यूज

Day: February 28, 2026

मध्यपूर्वको तनावप्रति ओलीको चिन्ता, नेपालीको सुरक्षामा परिचालित हुन सरकारसँग माग

मध्यपूर्वको तनावप्रति ओलीको चिन्ता, नेपालीको सुरक्षामा परिचालित हुन सरकारसँग माग

१६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वको तनाव (इजरायल–इरान युद्ध) प्रति चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शनिबार फेसबुकमार्फत चिन्ता व्यक्त गरेका छन् । ‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ,’ ओलीले फेसबुकमा लेखेका छन् । युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूलाई सुरक्षित र सजग रहन उनले आह्वान गरेका छन् । ‘त्यहाँ रहेका नेपाली दुतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु,’ ओलीले लेखेका छन् । शनिबार बिहानै इजरायल र अमेरिकाले इरानमाथि हमला गरेका छन् । त्यसपछि इरानले खाडीका अन्य देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पलक्षित…
Read More
मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउन आयोगको निर्देशन

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउन आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो। फागुन २१ गते १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायी समेत) मा मतदान हुँदैछ। उक्त दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो। निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत…
Read More
राष्ट्रिय लिगमा लालीगुराँसले गुमायो अवसर Citizen life Insurance

राष्ट्रिय लिगमा लालीगुराँसले गुमायो अवसर Citizen life Insurance

काठमाडौंः अग्रता जोगाउन नसक्दा लालीगुराँस एसोसिएसनले जारी एन्फा राष्ट्रिय लिगमा अंकतालिकाको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा लालीगुराँसले फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीको नतिजा सामना ग¥यो। लालीगुराँसले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो। लालीगुराँसका लागि सरोज गुरुङले गोल गरेको भएपनि फ्रेन्ड्सका जेनिस प्रजापतिले गोल फर्काएका थिए। लालीगुराँसले १४औं स्थानको फ्रेण्ड्स क्लबविरुद्ध धेरै चुनौती दिएपनि जित भने निकाल्न सकेन। दोस्रो स्थानको लालिगुराँस लिगमा अपराजित छ। फ्रेण्ड्सलाई हराए लालीगुराँस शीर्ष स्थानमा उक्लिन सक्थ्यो। तर, अंक बाँडेपछि दोस्रो स्थानमा नै सीमित भयो। सात खेलबाट पुसिल १९ अंकसहित शीर्ष स्थानमा छ भने आठ खेलबाट लालीगुराँसले १८ अंक जोड्यो।…
Read More
आज हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

आज हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौंः हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा बिहान हुस्सु रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने छ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा…
Read More
‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’

‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’

करिब १३ वर्ष प्राध्यापन अवधि बाँकी हुँदै चटक्क त्यसलाई छाडेर कसरी उम्मेदवार बन्ने निर्णय लिनुभयो ? म प्राध्यापन पेसामै थिए । मैले केही समय विद्युत् प्राधिकरणमा सञ्चालक समिति सदस्य र कार्यकारी निर्देशक भूमिकामा रहेर काम गरे । र प्राध्यापन पेसामा रहदैका बखत म केही समाजसेवामा पनि संलग्न थिए । म पुल्चोक क्याम्पसमै २०५३ देखि २०५५ सालमा स्वतन्त्र विद्यार्थी युनियन सभापति भएर काम गरे । नेविसंघबाट मैले जितेको थिए । राजनीतिक पृष्ठभूमि थियो तर राजनीतिक गतिविधिलाई मैले सुषुप्त रूपमा नै राखेको थिए । कांग्रेस भित्रको परिस्थिति बदलिएपछि विशेष महाधिवेशनबाट राजनीतिक नेतृत्व परिवर्तन भएको सबैलाई थाह छ । विद्यार्थी राजनीतिमा गगन थापा त्रिचन्द्रमा…
Read More
काठमाडौं उपत्यकामा सबै निर्वाचन अधिकृत महिला

काठमाडौं उपत्यकामा सबै निर्वाचन अधिकृत महिला

१६ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा १५ वटा निर्वाचन क्षेत्र छन् । काठमाडौंमा १०, ललितपुरमा तीन र भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र छ । जहाँ मुख्य निर्वाचन अधिकृत पुरुष छन् भने निर्वाचन अधिकृतहरू सबै महिला छन् । भक्तपुरमा मुख्य निर्वाचन अधिकृत नवराज दाहाल छन् । उनी भक्तपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश हुन् । दाहालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ हेर्छन् । भक्तपुर–२ मा निर्वाचन अधिकृत राधिका सुवाल छिन् । सुवाल जिल्ला सरकारी वकिलको कार्यालय दोखलाकी जिल्ला न्यायाधिवक्ता हुन् । ललितपुरमा मुख्य निर्वाचन अधिकृत पुनाराम खनाल छन् । खनाल ललितपुर जिल्ला अदालतमा जिल्ला न्यायाधीश हुन् । खनालले ललितपुर–३ हेर्छन्…
Read More