Skip to main content

धनगढी न्यूज

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध हुन्छ

Advertisement

१७ फागुन, काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए ।

‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन र अघि ल्याउन सकिंदैन । अहिले जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने छलफल भएको छ,’ उनले भने ।

साथै, उनले सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुहरूको असुविधाबारे छलफल भएको उनले बताए ।

‘सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुलाई परेको असुविधाबारे छलफल भयो । हरेक देशका राजदूतलाई सम्पर्क गरेर उहाँहरूलाई गन्तव्यमा पुर्‍याउने र जान नसक्नेलाई होटलमा छन्,’ उनले भने ‘सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सले रेखदेख गर्नेगरी समन्वय भएको छ । अधिकांश नेपालीको स्वास्थ्य, सुरक्षाबारे अहिलेसम्म कुनै हतहाती नभएको अवस्था छ ।’

मध्यपूर्वको तनावाले नेपालमा परेको प्रभाव र आफ्नो देशले कसरी प्रतिक्रिया दिने भन्नेबारे पनि छलफल भएको उनले बताए ।

‘यसबाट नेपालमा परेको प्रभाव, कसरी प्रतिक्रिया दिने र नेपाली नागरिकलाई परेको असर र समाधानबारे छलफल भए,’ उनले भने, ‘नेपालबाट बाहिर जाने विदेशी कामदारलाई नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलमा परेका समस्या यहीँ समाधान भएको छ । श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयले सहकार्य गरेर समाधान भएको छ ।’अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...