Skip to main content

धनगढी न्यूज

Day: March 1, 2026

एस.पी.ए कलेज र CloudTech Solutions बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर

एस.पी.ए कलेज र CloudTech Solutions बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर

एस.पी.ए. कलेज र CloudTech Solutions बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ। एसपिए कलेजको २७औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सम्झौता गरिएको हो । विगत १२ वर्षदेखि आईटी क्षेत्रमा कार्य गर्दै आएको कम्पनी क्लाउडटेकले अबदेखि S.P.A College मा अध्ययनरत BITM का विद्यार्थीहरूलाई प्रत्येक सेमेस्टरमा अतिरिक्त व्यावसायिक तालिम तथा प्रोफेशनल कोर्सहरू प्रदान गर्ने भएको छ। यस पहलले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप विकास गर्ने अवसर प्रदान गर्नेछ। समझदारीअनुसार विद्यार्थीहरूले क्लाउडटेकका देशभर रहेका विभिन्न शाखाहरूमा इन्टर्नसिप गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, उनीहरूको कार्यसम्पादनका आधारमा रोजगारी समेत उपलब्ध गराइनेछ। यस सहकार्यपछि आईटी विद्यार्थीहरू विभिन्न आधुनिक प्रविधि, प्रोग्रामिङ, AI, डिजिटल समाधान तथा उद्योगसँग प्रत्यक्ष…
Read More
खाडीका विमानस्थलमा अलपत्र रहेका नेपालीलाई त्यहीँ सुरक्षा दिएर राख्नेछौँ : नेपाल सरकार

खाडीका विमानस्थलमा अलपत्र रहेका नेपालीलाई त्यहीँ सुरक्षा दिएर राख्नेछौँ : नेपाल सरकार

काठमाडौँ : सरकारले अरबका विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नेपालीलाई त्यहीँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाएको बताएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको हो। ‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन र अघि ल्याउन सकिँदैन। अहिले जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने छलफल भएको छ,’ परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए। मध्यपूर्वको तनावले नेपालमा परेको प्रभाव र आफ्नो देशले कसरी प्रतिक्रिया दिने भन्नेबारे पनि छलफल भएको उनले बताए।थाहा खबर बाट साभार
Read More
भ्रष्टाचार अन्त्यका लागि मतदाताले मलाई जिताउनुहुन्छ : कमल थापा [अन्तरवार्ता]

भ्रष्टाचार अन्त्यका लागि मतदाताले मलाई जिताउनुहुन्छ : कमल थापा [अन्तरवार्ता]

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो र भेटघाटमा व्यस्त छन्। प्रचारप्रसारको अन्तिम घडीमा दलहरू आफ्ना एजेण्डा र प्रतिबद्धता मतदातासमक्ष राख्दै समर्थन जुटाउने प्रयासमा छन्। यही सन्दर्भमा  राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौँ- ५ का उम्मेदवार कमल थापासँग चुनावी अभियान, क्षेत्र परिवर्तन, सम्भावित गठबन्धन, राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा तथा समसामयिक राजनीतिक अवस्थाबारे थाहाखबरकर्मी डाकमान राईले गरेको कुराकानीको सम्पादित अंश- घरदैलो कार्यक्रम सकियो कि बाँकी छ?  घरदैलो करिब करिब सकिसकेको छ। भोलि राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाइने भएको हुनाले हामी तीव्र गतिले भेटघाटमा नै व्यस्त छौँ। घरदैलो अब सक्दै गर्दा निष्कर्ष के रह्यो?  म अत्यन्तै उत्साहित छु। यसपटक जनताले परिवर्तन खोजेका छन्।…
Read More
सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध हुन्छ

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध हुन्छ

१७ फागुन, काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाइएको जानकारी गराएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । ‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन र अघि ल्याउन सकिंदैन । अहिले जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने छलफल भएको छ,’ उनले भने । साथै, उनले सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुहरूको असुविधाबारे छलफल भएको उनले बताए । ‘सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुलाई परेको असुविधाबारे छलफल भयो ।…
Read More
सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल

सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल

१७ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलमा दुई नायव महानिरीक्षक (डीआईजी)को पदावधि थप्न चलखेल सुरु भएको छ । डीआईजीद्वय लक्ष्मणबहादुर सिंह र प्रदीप पालको पदावधि थप गर्न चलखेल भएको हो । कार्य सम्पादन मूल्यांकनमा कमजोर देखिएको र अहिले पदावधि थप हुँदा व्यावसायिक अधिकृतहरूलाई दीर्घकालीन असर पर्ने भन्दै सशस्त्र प्रहरी मुख्यालयले दरबन्दी थप गर्ने प्रक्रिया अघि बढाएको छैन । तर, ‘बिचौलिया’मार्फत सरकारलाई लबिइङ गराएर पदावधि थप गर्न चलखेल भएको स्रोतले बताएको छ । सशस्त्र प्रहरी नियमावली दफा ५६ (ग) अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ । यो प्रावधानअनुसार डीआईजी सिंह र पालको यही ५ चैतमा चार वर्ष पूरा हुन्छ । उनीहरू…
Read More
इरान आक्रमणको भोलिपल्ट सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

इरान आक्रमणको भोलिपल्ट सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि १५ फागुनमा सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ। महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। १५ फागुनमा चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो। दुई दिनमा…
Read More
रास्वपाको कर्णाली प्रदेश महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

रास्वपाको कर्णाली प्रदेश महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी छाडेका छन्। रास्वपा छाडेका दुवै नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रास्वपा छाडेकाहरूलाई पार्टीमा स्वागत गरे। यसअघि रास्वपाको मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा, बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका थिए। उनीहरू दुवै कांग्रेस प्रवेश गरिसकेका छन्।सेतोपाटी बाट साभार
Read More
हुम्लामा कतै तुइनमा तुर्लुङ्ङ, कतै प्रयोगविहीन झोलुङ्गे पुल

हुम्लामा कतै तुइनमा तुर्लुङ्ङ, कतै प्रयोगविहीन झोलुङ्गे पुल

१७ फागुन, हुम्ला । सरकारले तुइन विस्थापित घोषणा गरेको १० वर्षसम्म पनि हुम्लामा सर्वसाधारण अझै पनि तुइनबाटै नदी वारपार गर्न बाध्य छन् । ०७२ मा केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुदाँ दुई वर्षभित्र तुइन विस्थापित गर्न घोषणा गरेको थिए । ०८१ मा पनि ओली प्रधानमन्त्री बने । तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने निर्णय भयो । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँका २१९ घरधुरीका नागरिक भने अहिले पनि कर्णाली नदी तुइनकै भरमा वारपार गर्न बाध्य छन् । पटक-पटक झोलुङे पुल निर्माण गर्न हारगुहार गरेपनि कुनै सुनुवाइ नभएको सर्केगाड गाउँपालिका-२ का वडाध्यक्ष सिद्व कार्कीले बताए । कर्णाली नदीपारि कर्णाली करिडोरको सडकमा…
Read More
चुनाव आउन ४ दिन बाँकी, मतदाता शिक्षा आजदेखि सकिने

चुनाव आउन ४ दिन बाँकी, मतदाता शिक्षा आजदेखि सकिने

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी छ। निर्वाचन तालिका अनुसार भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुदैछ। दलहरुले भोलि रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन्। निर्वाचन आयोगका अनुसारसम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको छ। पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृत सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागिसकेका छन् भने तराई–मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ। प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार…
Read More