Skip to main content

धनगढी न्यूज

सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल

Advertisement

१७ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलमा दुई नायव महानिरीक्षक (डीआईजी)को पदावधि थप्न चलखेल सुरु भएको छ । डीआईजीद्वय लक्ष्मणबहादुर सिंह र प्रदीप पालको पदावधि थप गर्न चलखेल भएको हो ।

कार्य सम्पादन मूल्यांकनमा कमजोर देखिएको र अहिले पदावधि थप हुँदा व्यावसायिक अधिकृतहरूलाई दीर्घकालीन असर पर्ने भन्दै सशस्त्र प्रहरी मुख्यालयले दरबन्दी थप गर्ने प्रक्रिया अघि बढाएको छैन ।

तर, ‘बिचौलिया’मार्फत सरकारलाई लबिइङ गराएर पदावधि थप गर्न चलखेल भएको स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी नियमावली दफा ५६ (ग) अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ । यो प्रावधानअनुसार डीआईजी सिंह र पालको यही ५ चैतमा चार वर्ष पूरा हुन्छ । उनीहरू ६ चैत २०७८ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।

दफा ५६ (ग) को (२) उपनियमअनुसार सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले एक वर्ष पदावधि थप गर्न सक्ने प्रावधान छ । यही प्रावधानमा टेकेर अहिले दुई डीआईजीको पदावधि थप गर्न लागिएको हो ।

तर, यसले दीर्घकालीन असर पर्ने भन्दै सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले सिफारिस गरेको छैन । उनीहरूको पदावधि थपका लागि सिफारिस नगर्नुमा डीआईजीद्वयको विगत र थप गर्दा व्यावसायिक प्रहरी अधिकृतलाई पर्ने असरलाई औंल्याइएको छ ।

अहिले पदावधि थप गर्न लागिएका दुवै डीआईजी प्राविधिक सईको रूपमा नेपाल प्रहरीको कम्प्युटर अपरेटरमा १८ चैत २०५४ मा सेवा प्रवेश गरेका थिए । सशस्त्र प्रहरी बल गठन भएपछि उनीहरू स्थानान्तरण भएर सशस्त्रमा आएका थिए ।

फौजले गर्नुपर्ने कुनै बेसिक तालिमसमेत नगरेका उनीहरू सशस्त्रमा स्थानान्तरण भएर आएपछि अहिले डीआईजी दर्जासम्म पुगेका छन् । उनीहरूको कार्यक्षमतामाथि यसअघि पनि प्रश्न उठ्दै आएको थियो ।

सिंह त टीकापुर घटनामा मानव अधिकार आयोगले कारबाही सिफारिस गरेका व्यक्ति नै हुन् । २०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

यो घटनाको छानबिन गरेको मानव अधिकार आयोगले तत्कालीन एसपी (हाल डीआईजी) लक्ष्मणबहादुर सिंहलाई कारबाही सिफारिस गरेको थियो । ‘यत्रो ठूलो मानवीय क्षति हुँदासमेत रोक्न समुचित प्रयाससम्म नगर्ने उग्रतारा गणका एसपी लक्ष्मणबहादुर सिंहलाई विभागीय कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने’ आयोगले भनेको थियो ।

अहिले उनै लक्ष्मणबहादुर सिंह एक वर्ष डीआईजीको पदावधि थप गर्न लागिपरेका छन् । सशस्त्रमा डीआईजी बन्न स्टाफ कलेज अनिवार्य गरिएको छ । तर अहिले पदावधि थप गर्न लागिएका दुवै अधिकृतले स्टाफ कलेज गरेका छैनन् । सशस्त्रमै भर्ना भएको टोलीबाट स्टाफ कलेज लागु भएकाले यो ब्याचका अफिसरहरू अझ व्यावसायिक र अब्बल हुने बताइन्छ ।

तर, उनीहरूको पदावधि थप हुँदा सशस्त्रको पहिलो ब्याच अर्थात् सि.सं. १ का अधिकृहरूलाई असर पर्ने देखिन्छ । सि.सं. १ का सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा अहिलेकै अवस्थामा ११ महिनापछि अनिवार्य अवकाशमा जान्छन् । उनीहरू सबै स्टाफ कलेज उत्तीर्ण अधिकृत हुन् ।

हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आगामी १९ वैशाखमा चार वर्षे पदावधिका कारण अवकाशमा जाँदैछन् । उनी अवकाशमा जाने भएसँगै अहिले बहाल रहेका एआईजी मध्येबाट एक जना आईजीपी बन्ने छन् । त्यसपछि खाली हुने एक एआईजीको दरबन्दीमा सिंह र पालमध्ये एक जना बढुवा हुने सम्भावना रहन्छ ।

सशस्त्रमा आफ्नो स्वार्थअनुसार पदावधि थप गर्ने-नगर्ने खेल पुरानै हो । यसअघि प्रवीणकुमार श्रेष्ठको पनि पदावधि थप भएको थिएन । उनी यसविरुद्ध रिट लिएर सर्वोच्च गएका थिए । तर सर्वोच्चले पनि संगठनकै निर्णय सदर गरिदिएको थियो ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...