Skip to main content

धनगढी न्यूज

एक महिनामै भित्रिए १ लाख ५ हजार पर्यटक

Advertisement

१९ फागुन, काठमाडौं । फेब्रुअरी २०२६ मा १ लाख ५ हजार ४ सय ४१ पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागलाई उद्धत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस महिना गत वर्ष सोही अवधिको तुलनामा ११ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।

फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए । गत वर्षको तुलनामा यस वर्ष ८.८ प्रतिशत पर्यटक बढेका हुन् । २०१९ को तुलनामा समेत आगमनमा सुधार भएको छ । त्यस वर्ष १ लाख २ हजार ४ सय २३ पर्यटक आएको बोर्डको तथ्यांक छ ।

नेपाल आगमनमा सुधार आउनुमा भारतीय पर्यटक आगमनमा आएको सुधारले ठूलो भूमिका खेलेको छ । यसबाहेक बौद्धमार्गी मुलुकबाट समेत आगमनमा उत्साहजनक सुधार देखिएको छ ।

फेब्रुअरी २०२५ को दाँजोमा यस वर्ष १८.५ प्रतिशतले भारतीय पर्यटक आगमन बढेको छ । यस वर्ष २२ हजार ७ सय ४५ भारतीय नेपाल आएका छन् । अघिल्लो वर्ष १९ हजार १ सय ८७ आएका थिए ।

बंगलादेशी पर्यटक आगमनमा भने ३३.७ प्रतिशतको गिरावट आएको छ । त्यहाँबाट यस महिना ३ हजार २ सय १२ पर्यटक मात्र आएका छन् । अघिल्लो वर्ष ४ हजार ८ सय ४७ पर्यटक आएका थिए ।

त्यस्तै श्रीलंकाबाट भने आगमनमा ७२ प्रतिशतको सुधार भएको छ । यस वर्ष श्रीलंकाबाट एक महिनामै ७ हजार ५ सय १५ जना आएका छन् । अघिल्लो वर्ष ४ हजार ३ सय ७० आएका थिए ।

उत्तरी छिमेकी चीनबाट समेत आगमनमा ३०.६ प्रतिशतको सुधार आएको छ । चीनबाट १० हजार ८ सय १६ पर्यटक आएका छन् । मलेसिया र म्यानमारबाट समेत आगमनमा व्यापक सुधार आएको छ । म्यानमारबाट एक महिनामा ६ हजार ३५ र मलेसियाबाट २ हजार १ सय ३७ पर्यटक आएका छन् ।

प्रमुख पर्यटन बजार अमेरिकाबाट ९ हजार ७ सय १० जना आएका छन् । अमेरिकाबाट आउने पर्यटक संख्या भने घटेको छ ।

गत वर्ष फेब्रुअरीमा १० हजार ३ सय ४८ पर्यटक आएका थिए । अस्ट्रेलियाली पर्यटक आगमनमा समेत गिरावट आएको छ । यस वर्ष एक महिनामा १ हजार ४ सय २६ पर्यटक आएका छन् । गत वर्ष ३ हजार ७ सय ३७ पर्यटक आएका थिए ।

बेलायतबाट आउने पर्यटक आगमनमा भने ११.१ प्रतिशतको सुधार आएको छ । यस वर्ष एक महिनामा ५ हजार ६ सय १८ बेलायती नेपाल आएको बोर्डको तथ्यांक छ ।

यस वर्ष जनवरीमा ९२ हजार ५ सय ७३ पर्यटक भित्रिएका थिए । त्यसबेला समेत आगमनमा १५.७ प्रतिशतले सुधार भएको थियो ।

बौद्धमार्गी देशबाट आगमनमा उत्साहजनक सुधार

फेब्रुअरीमा पर्यटक आगमन सुध्रिनुमा बौद्धमार्गी देशको भूमिका समेत उल्लेख्य देखिन्छ । यस वर्ष आगमनको पहिलो स्थानमा भारत छ । दोस्रो स्थानमा चीन र तेस्रो स्थानमा अमेरिका छ । श्रीलंका चौथो स्थानमा उक्लन सफल भएको छ ।

म्यानमार पाँचौं र बेलायत छैंटौं स्थानमा छ । अस्ट्रेलिया सातौं, थाइल्यान्ड आठौं, बंगलादेश नवौं र जर्मनी १०औं स्थानमा छन् । यसमध्ये चीनको ३०.६ प्रतिशत, श्रीलंका ७२ र म्यानमारको ९१.६ प्रतिशत सुधार भएको छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...