03
Mar
काठमाडौँ । निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम बढेसँगै फेसबुकले नेपालबाट उल्लेख्य व्यापार गरेको छ । नेपालबाट चुनाव केन्द्रित विज्ञापनस्वरुप हजारौँ डलर खर्च भएको हो । पछिल्लो ३० दिनमा मात्रै फेसबुकमार्फत् ९६० जनाले विज्ञापन गरेका छन् । त्यसमध्ये १०० डलरभन्दा धेरै खर्च गर्ने १२२ जनाले मात्रै ५६ हजार ७३९ डलर खर्च गरेको मेटाको एड लाइब्रेरी रिपोर्टमा उल्लेख छ । यो रिपोर्ट जनवरी २९ देखि फेब्रुअरी २७ सम्मको हो । बाँकीले भने १०० डलरभन्दा कम खर्च गरेको रिपोर्टमा उल्लेख छ । यो अवधिमा सबैभन्दा धेरै खर्च ‘माइ भ्वाइस काउन्ट’ले गरेको छ । सो संस्थाले ३,९६० डलर खर्च गरेको मेटाको विवरण छ ।…






