Skip to main content

धनगढी न्यूज

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

Advertisement

१९ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्सकसहितको ‘र्‍यापिड रेस्पोन्स टिम’ (आरआरटी) गठन गरेको छ ।

निर्वाचनका क्रममा हुन सक्ने दुर्घटना, झडप वा अन्य आकस्मिक स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गर्न २६ सदस्यीय उच्चस्तरीय टोली तयार पारिएको छ । अस्पतालका अनुसार आकस्मिक विभागका प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा गठन गरिएको टोली निर्वाचन अवधिभर ‘हाइ अलर्ट’मा रहनेछ ।

निर्वाचनका बेला उत्पन्न हुन सक्ने स्वास्थ्य चुनौतीको व्यवस्थापनका लागि विज्ञहरूको टोली तयारी अवस्थामा राखिएको अस्पतालका निर्देशक डा. दिलीप शर्माले बताए ।

टोलीमा आकस्मिक, शल्यचिकित्सा, मेडिसिनलगायत विभिन्न विभागका विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक र औषधि व्यवस्थापन प्रमुखहरू समावेश छन् । संयोजक डा. नेपालसहित डा. मीनचन्द्र अधिकारी, डा. विनोद शेरचन, डा. अनिप जोशी, डा. सुधांशु केसी, डा. ऋतु प्रधान सदस्य छन् ।

त्यस्तै विशेषज्ञ टोलीमा डा. रविनबहादुर बस्नेत, डा. अनिता जिसी, डा. प्रमोदकुमार कोइराला, डा. अपार लामिछाने, डा. अनिल बराल, डा. शरद पोखरेल, डा. प्रज्वल श्रेष्ठ, डा. राजीव झा, डा. समिर पौडेल, डा. दिनेश चापागाईँ, डा. लिसा गौचन, डा. लता गौतम, डा. अजित खनाल, डा. विवेक आचार्य, डा. विकासविक्रम अधिकारी, डा. सुनिलराम कोइराला र डा. आरती कारखेती रहेका छन् ।

प्रशासन र औषधि व्यवस्थापनतर्फ नर्सिङ प्रशासक संगिता श्रेष्ठ र फार्मेसी प्रमुख मानबहादुर महरा सहभागी छन् । सदस्य सचिवको जिम्मेवारी नरेन्द्र खनालले सम्हाल्नेछन् ।

अस्पतालले निर्वाचन अवधिमा आपतकालीन बिरामीहरूको उपचारमा टोलीले नेतृत्वदायी भूमिका खेल्ने जनाएको छ । साथै आवश्यक जनशक्ति, औषधि तथा उपकरणको पर्याप्त व्यवस्था मिलाइएको डा. शर्माले बताए ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...