Skip to main content

धनगढी न्यूज

निर्वाचन सुरक्षामा ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन

Advertisement

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरुको टुङ्गो लाग्नेछ ।

जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाएर एकीकृत सुरक्षा योजना लागु गरेको छ । मतदान सुरु भएसँगै हरेक मतदान स्थल र संवेदनशील ठाउँमा चारवटै सुरक्षा निकायको एकीकृत फौज परिचालन गरिएको छ ।

निर्वाचनको सुरक्षामा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत सुरक्षा योजना अनुसार चुनावको सुरक्षामा ७९ हजार सेना फिल्डमा परिचालिन छन् । निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी खटिएका छन् । सशस्त्र प्रहरीले ३१ हजार जनशक्ति परिचालन गरेको छ । राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ८ सय जनशक्ति फिल्डमा सूचना सङ्कलनको लागि खटिएका छन् । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्ले भन्छन्, ‘करिब साढे ३ लाख सुरक्षाकर्मी आज फिल्डमा छन् ।’

प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको छ ।

नेपालको गुप्तचर निकाय (राष्ट्रिय अनुसन्धान विभाग)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षा संकलन गर्ने जिम्मेवारी पाएको छ ।

एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा प्रहरी पहिलो घेरामा, सशस्त्र प्रहरीका सुरक्षाकर्मी दोस्रो घेरामा र सेना तेस्रो घेरामा खटिएका छन् । यसरी एकीकृत फौजले मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा गर्नेगरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ । रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...