Skip to main content

धनगढी न्यूज

रूपन्देहीबाट ७ जना समानुपातिक सांसद सिफारिस

Advertisement

प्रतिनिधिसभामा समानुपातिक तर्फ रुपन्देहीबाट ७ जनाको प्रतिनिधित्व हुने भएको छ।

प्रत्यक्षतर्फ रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ पनि पाँच जनाको नाम सिफारिस गरेको छ। त्यस्तै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक/एक जनाको नाम सिफारिस गरेको छ।

रास्वपा र कांग्रेसबाट सिफारिस गरिएका सबै महिला छन् भने राप्रपाबाट पुरुष छन्।

रास्वपाले श्रद्धा कुँवर, मन्जु भुसाल, ज्ञानु पौडेल, अमृता विक र पुनम कुमारी अग्रवालको नाम समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको छ।

कुँवर, भुसाल र पौडेल महिला खसआर्यबाट सिफारिस भएका हुन् भने दलितबाट विक र मधेसीबाट अग्रवालको नाम सिफारिस भएको हो।

कुँवर र भुसाल निर्वाचनको केही दिन पहिले मात्र एमालेबाट रास्वपा प्रवेश गरेका थिए।

त्यस्तै राप्रपाले ताहिर अलीलाई समानुपातिक सांसदमा सिफारिस गरेको छ। अली मुस्लिम कोटाबाट सिफारिसमा परेका हुन्।

नेपाली कांग्रेसले गंगा शाहिलाई समानुपातिक सांसदमा सिफारिस गरेको छ।

रुपन्देहीबाट एकजना पनि समानुपातिक उम्मेदवार नबनाएको भन्दै विरोध भएपछि नेकपा एमालेले अन्तिम समयमा एजाज आलमलाई उम्मेदवार बनाएको थियो।

आलम मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमा उम्मेदवार थिए।

एमालेले मुस्लिमबाट दाङकी साजिदा सिद्धिकीलाई सिफारिस गरेको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सूचीमा अदिवासि जनजाति कोटाबाट रुपन्देहीका चेत बहादुर पुन उम्मेदवार थिए।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...