Skip to main content

धनगढी न्यूज

समानुपातिकबाट दोहोरिए ५ विधायक

Advertisement

२१ फागुनमा सम्पन्न निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा दलहरूले सिट प्राप्त गरेका छन् । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, कांग्रेसले २०, एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र राप्रपाले समानुपातिकतर्फ ४/४ सिट प्राप्त गरेका हुन् । थ्रेसहोल्ड कटाउने ६ वटा पार्टीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बनाउन पाउने भएका हुन् ।

जसअन्तर्गत एमालेबाट पूर्वविधायकद्वय बादल र पद्मा अर्याल प्रतिनिधिसभा सदस्यमा दोहोरिन लागेका हुन् । बादल पूर्वगृहमन्त्री समेत भइसकेका व्यक्ति हुन् भने अर्याल पूर्वमन्त्री ।

२०१२ साल वैशाखमा कडागाउँ गुल्मीमा जन्मिएका बादल  पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन् । २०३७ सालदेखि पार्टीगत राजनीतिमा सक्रिय बादलले तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धमा प्रचण्डपछिका शक्तिशाली सैन्य कमाण्डरको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

माओवादी माओवादी शान्ति प्रक्रियामा आएपछि राजकीय जिम्मेवारीमा पुगे । २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भए । उक्त निर्वाचनबाट तत्कालीन माओवादी सबैभन्दा ठूलो दल बनेर उदायो । चुनावपछि बनेको प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा बादल रक्षामन्त्री बने । २०७० को चुनाव बहिष्कार गरे । २०७४ सालमा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य भए । केपी शर्मा ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री बने । २०७९ सालमा कतै उम्मेदवार भएनन् ।

यसपटक एमालेको समानुपातिक सूचीमा जनजाति कलस्टरअन्तर्गत पुरुषतर्फ पहिलो नम्बरमा बसे र संसद छिर्दैछन् । यसरी बादल संसदीय राजनीतिमा तेस्रोपटक विधायक बन्न लागेका हुन् ।

यो पनि पढ्नुहोस

बादल : ओली पक्षमा उभिँदा लाभैलाभ

एमालेबाटै विधायकमा दोहोरिएकी पद्मा अर्याल पनि पूर्वमन्त्री हुन् । उनी २०७४ सालमा स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री भइन् । उनी मन्त्री हुँदा नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको प्रशासनिक नक्सा जारी भएर संविधानमा समावेश गरिएको थियो ।

२०२५ साल पुस १८ गते स्याङ्जामा जन्मिएकी उनी २०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छिन् । अखिल नेपाल विद्यार्थी संघ (अनेरास्ववियु), पार्टी जिल्ला कमिटी, अञ्चल कमिटी र केन्द्रीय कमिटी हुँदै राजनीतिमा स्थापित नेतृ हुन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि अर्याल स्याङ्जा २ मै प्रत्यक्षतर्फ उम्मेदवार थिइन् । तर, पराजित भइन् । यसपटक एमालेले समानुपातिक तर्फ महिला क्लस्टरअन्तर्गत पहिलो नम्बरमा राखेर प्रतिनिधिसभा सदस्य बनाएको हो .

नेपाली कम्युनिस्ट पार्टीबाट समानुपातिक सांसद् बलावती शर्मा पनि पूर्वविधायक हुन् । उनी २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य थिइन् ।

शर्मा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलकी श्रीमती हुन् । जनयुद्धकालदेखि नै पार्टीमा सक्रिय रहेका उनीहरू माओवादी हुँदै नेकपाको राजनीतिमा छन् । बाग्लुङबाट निर्वाचन लड्दै आएका पौडेल यसपटक निर्वाचन क्षेत्र परिर्वतन गर्दै नवलपरासी–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार थिए । तर, चुनाव जित्न सकेनन् । श्रीमती बलावती भने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सांसद बनेकी छन् ।

नेपाली कांग्रेसबाट समानुपातिकमा परेका अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे पनि यसअघि पटक–पटक विधायक भएका नेताहरू हुन् ।

२००४ साल असोज ११ गते नुवाकोटको दुप्चेश्वरमा जन्मिएका केसी २०४८ सालदेखिका सदाबहार विधेयक पदका उम्मेदवार हुन् ।

२०४८ र २०५१ मा चुनाव जितेका उनी २०५२ सालमा स्वास्थ्य मन्त्री बनेका थिए । २०५६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री र शिक्षामन्त्री भए । २०६३ सालमा प्रतिनिधिसभा पुर्नस्थापना भएपछि सहरी विकास मन्त्री भए ।

२०६४ सालको पहिलो संविधानसभाको चुनाव हारेका उनी २०७० मा विजयी भए । २०७४ मा पराजित भए । २०७९ मा चुनाव जिते । यसपटक समानुपातिकमा बसेर संसद छिर्न लागेका हुन् ।

भीष्मराज आङ्देम्बे पनि २०५६ देखिकै उम्मेदवार हुन् । २०६५ र २०६४ दुवै निर्वाचनमा पराजय बेहोरे । २०७० सालको दोस्रो संविधानसभा सदस्य भएर काम गरे । २०७४ र २०७९ को चुनावमा हारे । यसपटक समानुपातिकमा बसे ।

‘चुनावी जित र हारको कुरा आफ्नो ठाउँमा छ । मैले संविधान सभा सदस्य भएर काम गरेको छु । राजनीतिमार्फत नेपाली समाजलाई बुझेको छु’, आङ्देम्बे भन्छन्, ‘अब फेरि अवसर पाउँदा देश र जनताको हितमा काम गर्छु ।’

समानुपातिकबाट मात्रै होइन । प्रत्यक्षतर्फबट समेत पूर्व विधायकहरू प्रतिनिधिसभा सदस्य बनेका छन् ।

रुकुम पूर्वबाट निर्वाचित नेकपा उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पाबाट निर्वाचित वर्षमान पुन, सर्लाही–४ मा रास्वपाबाट निर्वाचित अमरेशकुमार सिंह विगतका पटकरू पटक सांसद भइसकेका छन् । प्रचण्ड त तीन पटक प्रधानमन्त्री नै भए भने पुन पटक पटक मन्त्री भइसकेका व्यक्ति हुन् ।

कांग्रेसका टेकबहादुर गुरुङ पनि दोहोरिएर मनाङबाट निर्वाचित भए । नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचितहरूमध्ये धनबहादुर बुढा र महेन्द्रबहादुर शाही पनि दोहोरिएका विधायक हुन् । एमालेबाट निर्वाचित मोहम्मद इश्तियाक राई पनि पटक–पटकका विधायक हुन् ।

प्रत्यक्षबाट दोहोरिनेहरू पनि छन्

समानुपातिक निर्वाचन प्रणालीका अलावा प्रत्यक्षबाट दोहोरिने विधायकहरू पनि छन् ।

धनकुटाबाट निर्वाचित एमाले सांसद राजेन्द्रकुमार राई पनि दोहोरिएका विधायक हुन् । उनले २०७४ सालमै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काम गरेका थिए । मुस्ताङबाट अघिल्लो पटक निर्वाचित कांग्रेस सांसद योगेश गौचनले यसपटक पनि चुनाव जिते ।

दोहोरिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही पनि छन् । शाहीले २०७९ मा जुम्लाबाट चुनाव जितेका थिए । यसपटक पनि सोही क्षेत्रबाट चुनाव जिते ।

२०७९ मा चुनाव जितेका र यसपटक दोहोरिएकामा रास्वपाबाट मात्रै १२ जना छन् । उनीहरू हुन्– रवि लामिछाने, हरि ढकाल, सोविता गौतम, निशा डाँगी, इन्दिरा राना मगर, मनिष झा, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डीपी अर्याल र डा. तोसिमा कार्की ।

एमालेका सुहाङ नेम्वाङले पनि दोस्रो पटक प्रत्यक्ष चुनाव जिते । पूर्वसभामुख सुवास नेम्वाङको निधनका कारण भएको उपचुनावमा सुहाङ नेम्वाङ निर्वाचित भएका थिए । यसपटक पनि दोहोरिए ।

२०७९ को चुनावमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएको उपचुनावमा निर्वाचित डा. स्वर्णिम वाग्ले यसपटक पनि दोहोरिएका छन् ।अन्लाईन खबर बाट साभार

पार्टीहरू
अग्रता
जित
कुल सिट समानुपातिक मत
रास्वपारास्वपा
125
125
5,183,493 (47.91%)
कांग्रेसकांग्रेस
18
18
1,756,474 (16.23%)
एमालेएमाले
9
9
1,453,140 (13.43%)
नेकपानेकपा
8
8
809,964 (7.49%)
श्रम संस्कृतिश्रम संस्कृति
3
3
385,792 (3.57%)
राप्रपाराप्रपा
1
1
330,306 (3.05%)
स्वतन्त्रस्वतन्त्र
1
1
0 (0.00%)
जम्मा
165
165
10,819,471

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...