Skip to main content

धनगढी न्यूज

दाउन्ने सडक : ७ किलोमिटर लामो जाम

Advertisement

नवलपुर : लगातारको वर्षाले चिप्लो बाटोमा गाडीहरू उक्लिन नसक्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा गाडीको लामो लाइन लागेको छ।

इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार ७ किलोमिटरभन्दा लामो जाम परेको छ।

शुक्रवार दिउँसोदेखि पानी परेर सडक चिप्लो भएपछि दाउन्ने खण्ड अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले केहीवेर खुल्ने गरेपनि फेरि अवरुद्ध हुँदा सवारी साधन लामो जाममा परेका बताए।

पैसट्ठीमोड र विश्वकर्मा मन्दिर नजिक बढी समस्या देखिएको उनको भनाइ छ।

यहाँ हिजो दिउँसोदेखि नै पानी परे पनि अहिले भने पानी पर्न रोकिएको छ। अव भने विस्तारै यात्रायाता सहज हुन सक्ने उनको भनाइ छ।

सडक हिलाम्य र चिप्लो भएपछि हिजोदेखि तीन दिनसम्म रातिका लागि ठूला तथा मालबाहक सवारी साधन प्रतिबन्ध लगाइएको छ।थाहाखबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...