Skip to main content

धनगढी न्यूज

Day: March 21, 2026

निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी

निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी

७ चैत, सिरहा । ६० वर्ष पुग्दा पनि गंगादेवी रामका पाइला अझै थकित छैनन् । यद्यपि, उनको मन भने गलीसकेको छ । मन गल्नुको कारण पानीका लागि भोग्नुपर्ने दिनहुँको अपमान हो । बिहान झिसमिसेमै गंगादेवी रित्तो गाग्री काखमा च्यापेर निस्किँदा पानीले प्यास मेट्ने खुसीभन्दा बढी अपमानको डरले डेरा जमाइहाल्छ । उनी सधैँ नजिकको एक इँटा भट्टामा पानी भर्न जान्छिन् । त्यही उनले अपमान सही राख्नुपर्छ । ‘कहिले पानी भर्नै दिँदैनन् । कहिले पालो कुरिरहेका बेला लखेट्छन्,’ गंगादेवी अनलाइनखबर दुखेसो पोखिन, ‘ कहिल्यै रित्ता भाँडाकुँडा पर हत्याइदिन्छन् ।’ गंगादेवीले सुनाएको यो अनुभव सिरहाको गोलबजार नगरपालिका–५ निपानेका ५० दलित परिवारको यो साझा…
Read More
इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माइतीघरमा प्रदर्शन Citizen life Insurance

इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माइतीघरमा प्रदर्शन Citizen life Insurance

काठमाडाैँ : सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो। उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। प्रदर्शनमा सहभागी अधिकारकर्मीहरूले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्।थाहाखबर बाट साभार
Read More
दाउन्ने सडक : ७ किलोमिटर लामो जाम

दाउन्ने सडक : ७ किलोमिटर लामो जाम

नवलपुर : लगातारको वर्षाले चिप्लो बाटोमा गाडीहरू उक्लिन नसक्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा गाडीको लामो लाइन लागेको छ। इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार ७ किलोमिटरभन्दा लामो जाम परेको छ। शुक्रवार दिउँसोदेखि पानी परेर सडक चिप्लो भएपछि दाउन्ने खण्ड अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले केहीवेर खुल्ने गरेपनि फेरि अवरुद्ध हुँदा सवारी साधन लामो जाममा परेका बताए। पैसट्ठीमोड र विश्वकर्मा मन्दिर नजिक बढी समस्या देखिएको उनको भनाइ छ। यहाँ हिजो दिउँसोदेखि नै पानी परे पनि अहिले भने पानी पर्न रोकिएको छ। अव भने विस्तारै यात्रायाता सहज हुन सक्ने उनको भनाइ…
Read More
प्रधानमन्त्रीलाई रक्षा बमको आग्रह- प्रतिवेदन सार्वजनिक गरिदिनुस्, मेरो हातमा रगत लागेको छ कि छैन जान्न चाहन्छु

प्रधानमन्त्रीलाई रक्षा बमको आग्रह- प्रतिवेदन सार्वजनिक गरिदिनुस्, मेरो हातमा रगत लागेको छ कि छैन जान्न चाहन्छु

जेनजी प्रतिनिधि रक्षा बमले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। शनिबार सामाजिक सञ्जालमा स्ट्याटस लेखेर रक्षाले राज्यविहीनताको जटिल स्थितिबाट देशलाई यहाँसम्म ल्याएर शान्तिपूर्ण निर्वाचन गरेको विषयमा प्रधानमन्त्री सुशीला कार्की धन्यवादको पात्र भएको तर सडकमा उठ्न थालेका मागहरूको समयमै सम्बोधन हुनुपर्ने बताएकी हुन्। प्रतिवेदन सार्वजनिक नहुँदा प्रधानमन्त्रीमाथि गरेको विश्वासको बदलमा आफूहरूले सडकमा दुर्व्यवहार भोग्नुपरेको उनले बताएकी छन्।  'जीवनभरि गलत आरोपहरूको बोझ बोक्नुपर्ने अवस्था सिर्जना हुँदैछ। किनकी पिडीतहरूको आवाज चर्को हुन्छ प्रधानमन्त्री ज्यू। त्यसलाई बेलैमा सम्बोधन गरिनुपर्छ,' उनले भनेकी छन्। उनले सामाजिक सञ्जाल, इनबक्स र कमेन्ट लेखेर गरिने दुर्व्यहार दैनिकी जस्तै भएको बताइन्। सडकमा प्रत्यक्ष देखिएको घटना भने पहिलो…
Read More
टी-२० विश्वकपको विराट उत्सवमा वानखेडेको दर्शकदीर्घाबाट

टी-२० विश्वकपको विराट उत्सवमा वानखेडेको दर्शकदीर्घाबाट

फेब्रुअरी ८, २०२६ को दिन मुम्बईको सेन्ट्रल स्टेशनदेखि मरीन लाइन्स हुँदै चर्चगेट स्टेशनसम्मका सडक र रेलहरू राताम्य देखिन्थे । अझै भनौं अरब सागरको किनार रङिएको थियो । ती रङभित्र आफ्नै अन्तर्मन घोलिएको थियो, सारा नेपालीहरूको भावना त्यहीँ छचल्किएको थियो । लाग्थ्यो महान् क्रिकेटर सचिन तेन्दुलकरको ‘क्रिकेट केवल खेल मात्र होइन, यो जीवनशैली हो’ भन्ने भनाइ त्यस दिन मुम्बई, वानखेडेमा सजीव भइरहेको थियो । मुम्बईमा नेपालको दुई तिहाई अर्थात दुई करोड जनसंख्या बसोबास गर्छन् । राष्ट्रिय झण्डाको गौरव झल्काउने निलो र रातो रङ मिसिएको नेपाली क्रिकेट टोलीको जर्सी र नेपाली राष्ट्रिय झण्डाले त्यस दिन भारतको आर्थिक राजधानी मुम्बई सजिएको थियो । एक…
Read More
अबरुद्ध वीपी राजमार्ग सुचारु, अवस्था बुझेरमात्र यात्रा गर्न प्रशासनको आग्रह

अबरुद्ध वीपी राजमार्ग सुचारु, अवस्था बुझेरमात्र यात्रा गर्न प्रशासनको आग्रह

काभ्रेपलाञ्चोकः अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। रोशी खोलामा पानीको बहाव कम भएको र बगाएको स्थानको सडक मर्मत गरेपश्चात सवारी साधन पुनः सञ्चालनमा आएका हुन्। सवारी साधन सञ्चालन गरिएपनि वर्षा हुने सम्भावना कायमै भएकोले सावधानीपूर्वक यात्रा गर्न र राजमार्गको अवस्था बुझेरमात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको र उक्त स्थानमा सडक विभाग र स्थानीय तहसँगको समन्वयमा सडक खुलाइएको जनाएको छ। राजमार्ग अवरुद्ध भएसँगै काभ्रेखण्डको सवारी साधनहरुलाई धुलिखेल, भकुण्डे र कटुन्जेमा…
Read More