Skip to main content

धनगढी न्यूज

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा

Advertisement

नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड आज बिहानदेखि एकतर्फी सवारी संचालनमा आएको छ।

वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काकाअनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ। अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ। तीन दिनदेखि सडक अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्।

विस्तारका क्रममा रहेको दाउन्ने सडकखण्डमा वर्षा भएसँगै सडक चिप्लो र हिलो भएर यातायात अवरुद्ध हुँदै आएको छ। सडकमा हिलो भएकोले सवारी साधनलाई दाउन्नेको उकालो पार गर्न समस्या भएको प्रहरीले जनाएको छ।

नारायणगढ–बुटवल सडकखण्डको अधिकाशं भाग कालोपत्र भएपनि दाउन्नेको करिब चार किलोमिटर सडक निर्माणको काम पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन्।थाहाखबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...