Skip to main content

धनगढी न्यूज

Day: March 22, 2026

नाउपा त्यागेर रास्वपाबाट प्रत्यक्षमा चुनाव जितेकी सांसद

नाउपा त्यागेर रास्वपाबाट प्रत्यक्षमा चुनाव जितेकी सांसद

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गर्‍यो। कैलाली-१ बाट ४७ वर्षीया कोमल ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी चुनाव जितिन्। कुल १८ प्रतिस्पर्धीमध्ये १५ पुरुष र थप दुई महिला उम्मेदवारलाई पछार्दै ज्ञवाली निर्वाचित भएकी हुन्। रास्वपाले सुदूरपश्चिममै एक जना महिला अर्थात् ज्ञवालीलाई मात्रै प्रत्यक्षतर्फको टिकट दिएको थियो। ज्ञवालीले त्यो अवसर खेर जान दिइनन्। यहाँ दोस्रो स्थानमा नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७, तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारुले ८,३९२, चौथो स्थान हासिल गरेका नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौंपानेले ४,४९५ मत प्राप्त गरेका थिए।…
Read More
तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता

तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता

८ चैत, पाल्पा । पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोली खोजी कार्यमा जुटेको छ । बेपत्ता हुनेहरूको नाम र ठेगाना खुल्न बाँकी छ ।अन्लाईन खबर बाट साभार
Read More
अब बन्ने ‘शक्तिशाली’ सरकारमाथि ‘चुनौतीका चाङ’

अब बन्ने ‘शक्तिशाली’ सरकारमाथि ‘चुनौतीका चाङ’

काठमाडौँ : पछिल्लो संविधान जारी भएको एक दशकपछि देशमा पहिलोपटक धारा ७६ (१) अन्तर्गत एकल बहुमतको सरकार बन्दै छ। ऐतिहासिक जेनजी आन्दोलनको जगमा भएको प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब सत्ताको बागडोर सम्हाल्नेछ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बन्ने निश्चितप्रायः छ। उक्त दलका शीर्ष नेताहरूको पछिल्लो छलफलअनुसार उनले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने तयारी अघि बढेको छ। बालेन नेतृत्वमा बन्न लागेको ‘शक्तिशाली सरकार’सँग जनअपेक्षा अत्यन्तै उच्च छ। पुराना र स्थापित भनिएका दलहरूले पालैपालो अवसर पाउँदा पनि अपेक्षित परिणाम दिन नसकेपछि यसपटक रास्वपालाई अभूतपूर्व मत दिएका मतदाताले उच्च अपेक्षा राख्नु अस्वाभाविक पनि होइन। रास्वपाका…
Read More
एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

८ चैत, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ घटेको छ । गत आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ । तेल महँगिदा विभिन्न मुलुकलाई…
Read More
दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा

नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड आज बिहानदेखि एकतर्फी सवारी संचालनमा आएको छ। वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काकाअनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ। अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर सवारीको जाम रहेको छ। तीन दिनदेखि सडक अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। विस्तारका क्रममा रहेको दाउन्ने सडकखण्डमा वर्षा भएसँगै सडक चिप्लो र हिलो भएर यातायात अवरुद्ध हुँदै आएको छ। सडकमा हिलो भएकोले सवारी साधनलाई दाउन्नेको उकालो पार गर्न समस्या भएको प्रहरीले जनाएको छ। नारायणगढ–बुटवल सडकखण्डको अधिकाशं…
Read More
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा

ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा

काठमाडौंः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’ ४८ घण्टाभित्र नखोले ठूलो आक्रमण गर्ने धम्की दिएपछि इरानले पनि त्यसको जवाफ दिइने चेतावनी दिएको छ। इरानको सरकारी सञ्चारमाध्यमले भनेको छ, ‘यदि इरानका इन्धन र ऊर्जा केन्द्रहरूमा आक्रमण गरिए देशको सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारहरूलाई निसाना बनाउनेछ।’ इरानले अगाडि भनेको छ, ‘युद्ध अब नयाँ चरणमा पुगेको छ।’ यसअघि ट्रम्पले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए, ‘यदि इरानले ४८ घण्टाभित्र ‘स्ट्रेट अफ होर्मुज’ नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गरी ध्वस्त पार्ने र आक्रमण सबैभन्दा ठूलो प्लान्टबाट सुरु गर्ने चेतावनी दिएका थिए।’थाहाखबर बाट साभार
Read More