Skip to main content

धनगढी न्यूज

चैतदेखि नै महाधिवेशन प्रक्रिया सुरू गर्ने कांग्रेसको तयारी, केन्द्रीय समिति बैठकले कार्यतालिका ल्याउने

Advertisement

नेपाली कांग्रेस नियमित १५ औं महाधिवेशनकेन्द्रित हुन लागेको छ।

ललितपुर, ८ चैतः
नेका केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न आज केन्द्रीय कार्यसमिति बैठक पनि बस्दैछ।

दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिकाबारे छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बैठकका लागि कांग्रेसले पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बोलाएको छ।

केन्द्रीय समिति बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश सभापतिहरू सहभागी हुने गरेका छन्।

यसअघि गत आइतबार केन्द्रीय समिति बैठक सकिएको थियो। उक्त केन्द्रीय समितिले सभापतिबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो भने चुनावी पराजयको प्रारम्भीक समीक्षा गरेको थियो।

आज सभापति थापाकै अध्यक्षतामा केन्द्रीय समिति बैठक बस्नेछ।

प्रवक्ता चालिसेका अनुसार चैतदेखि नै महाधिवेशन प्रक्रिया सुरू गर्ने गरी तयारी भइरहेका छन्।

उनले पार्टीका सबै पक्षहरूसँग संवाद अघि बढिसकेको पनि बताए।

सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले नै पार्टीका सबै पक्षका नेताहरूसँग संवादको प्रयास गरिरहेका छन्।

कांग्रेसले गत पुसमा विशेष महाधिवेशन गरेको थियो। यो विशेष महाधिवेशनमा शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा उक्त मुद्दा विचाराधीन छ।

कांग्रेसले २०७८ मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गरेको थियो।

विधानअनुसार ४ वर्षमा महाधिवेशन गर्नुपर्ने हो। गएको मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने भए पनि तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले जेठसम्म कार्यकाल थप गरेका थिए भने तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहभागीतामा विशेष महाधिवेशन भएको थियो।

क्रियाशील सदस्यता टुंगो लगाएर कांग्रेस नियमित महाधिवेशन गर्ने प्रक्रियातिर अघि बढ्न लागेको छ। यसका लागि निवर्तमान सभापति देउवा पक्षसँग पनि संवादको तयारी भइरहेको नेताहरूले बताएका छन्। विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा देउवा पक्षका कोही पनि सहभागी थिएनन्।

फागुन २१ को चुनावमा समानुपातिकतर्फ देउवाको नामबाट र प्रत्यक्षतर्फ गगन थापाको हस्ताक्षरबाट उम्मेदवारहरू खडा भएका थिए। १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए पनि प्रत्यक्षतर्फ १८ क्षेत्रमा मात्रै कांग्रेसले जितेको थियो। सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए। चुनावी हारको केही कारण भने अन्तर्घात रहेको निष्कर्ष केन्द्रीय समितिको छ।

क्रियाशील नवीकरण र नयाँ वितरणसहित वडादेखि केन्द्रसम्मको महाधिवेशन कार्यतालिका ल्याउने गरी आज केन्द्रीय समितिमा छलफल हुनेछ। १५ औं महाधिवेशन कार्यतालिका नै केन्द्रीय समितिमा पेस गर्ने तयारीमा महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेल रहेको एक पदाधिकारीले जानकारी दिए।

विशेष महाधिवेशनबाट आएको कार्यसमितिका गतिविधिलाई चुनौती दिने गरी २०७८ बाट आएको कार्यसमितिले पनि छलफल गर्ने गरेका छन्।

उनीहरूले ‘केन्द्रीय समिति’ बैठक बोलाएर समानान्तर गतिविधिको चेतावनी दिने गरेका छन्। हालै भएको बैठकले ‘केन्द्रीय समिति’ बैठक बोलाउने जिम्मेवारी नेता पूर्णबहादुर खड्कालाई दिएको थियो।

केन्द्रीय समितिले अन्तर्घातका कारण कम्तीमा २१ ठाउँमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेपछि नेता मीनबहादुर विश्वकर्माले त्यसलक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

‘रास्वपाले निर्वाचनमा पुराना दललाई गाली गरेर दुई तिहाइ सिट ल्यायो। बदलिएको कांग्रेसले ०४६ साल पछिका आफ्नै अग्रजलाई हारको दोष लगाएर समीक्षा वैठक सम्पन्न गर्‍यो। कस्तो संयोग?,’ उनले भनेका छन्।

विशेष महाधिवेशनबाट आएको कार्यसमितिले भने फागुन २१ को चुनावले पार्टीलाई वडादेखि केन्द्रसम्म पुनर्संरचना र रूपान्तरणको जरूरी भएको देखाएको बताएको छ। सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...