Skip to main content

धनगढी न्यूज

Day: March 24, 2026

चैतदेखि नै महाधिवेशन प्रक्रिया सुरू गर्ने कांग्रेसको तयारी, केन्द्रीय समिति बैठकले कार्यतालिका ल्याउने

चैतदेखि नै महाधिवेशन प्रक्रिया सुरू गर्ने कांग्रेसको तयारी, केन्द्रीय समिति बैठकले कार्यतालिका ल्याउने

नेपाली कांग्रेस नियमित १५ औं महाधिवेशनकेन्द्रित हुन लागेको छ। महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न आज केन्द्रीय कार्यसमिति बैठक पनि बस्दैछ। दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिकाबारे छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए। बैठकका लागि कांग्रेसले पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बोलाएको छ। केन्द्रीय समिति बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश सभापतिहरू सहभागी हुने गरेका छन्। यसअघि गत आइतबार केन्द्रीय समिति बैठक सकिएको थियो। उक्त केन्द्रीय समितिले सभापतिबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो भने चुनावी पराजयको प्रारम्भीक समीक्षा गरेको थियो। आज सभापति थापाकै अध्यक्षतामा केन्द्रीय समिति बैठक बस्नेछ।…
Read More
मध्यपूर्व तनावको असर : मुख्य सिजनमै पोखरामा घटे पर्यटक

मध्यपूर्व तनावको असर : मुख्य सिजनमै पोखरामा घटे पर्यटक

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ । खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्धबाट प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको हो । पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र टे«किङ बुकिङ रद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले जानकारी दिए । मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरु आउन नसकेको बताउँदै उनले भने, ‘मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र समेत प्रभावित भएको छ ।’ नेपाल आउने प्रायजसो पर्यटकले कतार, दुवई लगायतका क्षेत्र नै ट्रान्जिट बनाएर आउने भएको कारण अहिले…
Read More
बालेनले पार गर्नुपर्ने राजनीतिका ५ घुम्ती

बालेनले पार गर्नुपर्ने राजनीतिका ५ घुम्ती

नेपाली राजनीति अर्को एउटा ऐतिहासिक परिघटनाको सँघारमा छ। ३५ वर्षकै उमेरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको प्रधानमन्त्री बन्दैछन्। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि बालेनको सत्तारोहण तय भएको हो। निर्वाचनमा होमिनुअघि काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन र रास्वपा बीच सातबुँदे सहमति भएको थियो। सोही सहमतिमा बालेनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको थियो। यसरी अघि बढेको रास्वपाले आश्चर्यजनक नतिजा ल्याउँदै आगामी पाँच वर्षका लागि जनताबाट सरकार सञ्चालनको म्यान्डेट प्राप्त गरेको छ। रास्वपाका झन्डै दुईतिहाइ प्रतिनिधि निर्वाचित हुनुलाई नेपालको राजनीतिक प्राथमिकतामा आएको परिवर्तन मात्र मान्न सकिंदैन। रास्वपाको यो…
Read More
जनस्वास्थ्यमा चुनौती बन्दै छ क्षयरोग : नेपालमा दैनिक ४३ जनाको मृत्यु

जनस्वास्थ्यमा चुनौती बन्दै छ क्षयरोग : नेपालमा दैनिक ४३ जनाको मृत्यु

काठमाडौँ : नेपालमा अझै पनि दैनिक ४३ जना नेपालीको मृत्यु क्षयरोग (टीबी) का कारण मृत्यु हुने गरेको पाइएको छ। समयमा नै पत्ता लागेर चिकित्सकको निगरानीमा बसेर औषधी सेवन गरे पूर्णरूपमा निको हुने रोगबाट वार्षिकरूपमा यो संख्यामा मृत्यु हुनु जनस्वास्थ्यको एउटा चुनौती बनेको छ। विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिएको विवरण अनुसार हाल नेपालमा दैनिक ४३ जना नेपालीले क्षयरोगकै कारण जीवन गुमाउछन् भने वार्षिक १६ हजार  नेपालीको क्षयरोगकै कारण मृत्यु हुन्छ। युवा उमेर समूहका नेपाली जोखिममा सम्मेलनमा केन्द्रका निर्देशक भुवन पौडेलका अनुसार क्षयरोग देखिनेमा सबैभन्दा धेरै १५ देखि ४९ वर्ष उमेर समूहका युवा छन्। केन्द्रका निर्देशक पौडेलले भने, ‘वार्षिक रूपमा भेटिने…
Read More