Skip to main content

धनगढी न्यूज

पोखराको कृषि मोडल देशभरकै लागि उदाहरणीय

Advertisement

पोखराः पोखरा महानगरपालिकाले आयात प्रतिस्थापन र कृषिमा आत्मनिर्भरताका लागि ठूलो लगानी र योजना अघि सारेको छ।

मेयर धनराज आचार्यकाअनुसार अहिले पोखरा सयपत्री फूल, बोका–खसी, दूध, अण्डा र तरकारी उत्पादनमा सबल भएको र आयातलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ। महानगरले किसानलाई प्रोत्साहन गर्न ३६ वटा विभिन्न कृषि उपजहरूमा ‘न्युनतम समर्थन मूल्य’ तोकेसँगै किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता भएको हो।

किसानलाई आधुनिक प्रविधिसँग जोड्न ट्रयाक्टर वितरण, उन्नत बीउमा अनुदान दिने र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने काम भइरहेको मेयर आचार्यले बताए। पोखराको यो कृषि मोडल यति सफल भएको छ कि अहिले संघीय कृषि मन्त्रालयका प्रतिनिधिहरू समेत पोखरा आएर यहाँको अभ्यास र किसानलाई दिइएको समर्थन मूल्यको प्रभावकारिताबारे अध्ययन गर्न थालेका छन्।

कृषि क्षेत्रमा गरिएको यो सुधारले पोखराको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनुका साथै शहरको खाद्य सुरक्षामा पनि ठूलो योगदान पु¥याएको मेयर आचार्यको भनाई छ। थाहा खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...