Skip to main content

धनगढी न्यूज

Day: March 27, 2026

अपडेट : दोलखा लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन थापाको कमान्डमा

अपडेट : दोलखा लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन थापाको कमान्डमा

१३ चैत, काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ । लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ । क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको दर्ता नम्बर ‘९एन-एएनओ’ हेलिकप्टरमा चार यात्रु सवार छन् । लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको प्राधिकरणका एक अधिकारीले बताए । ‘पछिल्लो सूचना अनुसार खराब मौसम कारण हेलिकप्टर लाप्चा क्षेत्रमा कतै अवतरण गरेको छ,’ त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘तर, यो सूचना पुष्टि हुन बाँकी छ ।’ मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टरमा पाइलट सहित…
Read More
सोविता गौतम: युवापुस्ताको प्रतिनिधि स्वर सांसददेखि मन्त्रीसम्म Citizen life Insurance रासस रासस  शुक्रबार, चैत १३, २०८२

सोविता गौतम: युवापुस्ताको प्रतिनिधि स्वर सांसददेखि मन्त्रीसम्म Citizen life Insurance रासस रासस शुक्रबार, चैत १३, २०८२

काठमाडौं : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छिन्।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्ने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन्।   विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छिन्। सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उनका बुबा कृष्णप्रसाद गौतम आमा र एक भाई छन्।   शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गरेकी थियन्। त्यसपछि उनले कानुन विषयमा स्नातक पूरा गरेकी छिन् भने हाल काठमाडौं…
Read More
पोखराको कृषि मोडल देशभरकै लागि उदाहरणीय

पोखराको कृषि मोडल देशभरकै लागि उदाहरणीय

पोखराः पोखरा महानगरपालिकाले आयात प्रतिस्थापन र कृषिमा आत्मनिर्भरताका लागि ठूलो लगानी र योजना अघि सारेको छ। मेयर धनराज आचार्यकाअनुसार अहिले पोखरा सयपत्री फूल, बोका–खसी, दूध, अण्डा र तरकारी उत्पादनमा सबल भएको र आयातलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ। महानगरले किसानलाई प्रोत्साहन गर्न ३६ वटा विभिन्न कृषि उपजहरूमा ‘न्युनतम समर्थन मूल्य’ तोकेसँगै किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता भएको हो। किसानलाई आधुनिक प्रविधिसँग जोड्न ट्रयाक्टर वितरण, उन्नत बीउमा अनुदान दिने र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने काम भइरहेको मेयर आचार्यले बताए। पोखराको यो कृषि मोडल यति सफल भएको छ कि अहिले संघीय कृषि मन्त्रालयका प्रतिनिधिहरू समेत पोखरा आएर यहाँको अभ्यास…
Read More
बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

काठमाडौं  : मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ। त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो। राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ। शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ। गत फागुन २१…
Read More
बालेन नेतृत्वको सरकारमा कति मन्त्रालय रहलान् ?

बालेन नेतृत्वको सरकारमा कति मन्त्रालय रहलान् ?

१३ चैत, काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्तिसँगै सरकारले मन्त्रालयहरुको संख्या घटाउने तयारी थालेको छ । आज प्रधानमन्त्री पदको शपथ ग्रहण गर्न लागेका बालेन शाह निकट सचिवालयले कतिपय मन्त्रालयहरु गाभ्ने योजनाका बनाइरहेको हो । सरकारले १० साउन, २०७५ मा जारी गरेको कार्यविभाजन नियमावली अनुसार, हाल २१ मन्त्रालय छन् । मन्त्रालय सरहको संरचना समेत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय जोड्ने हो भने यो संख्या २२ पुग्छ । तर अब भने सरकारले मन्त्रालयहरुको संख्या १५ देखि १८ कायम गराउने भनेको छ । रास्वपाको वाचापत्रमा मन्त्रालयहरुको संख्या अधिकतम १८ भन्दा नबढ्ने उल्लेख छ । त्यसो हुदा अहिले भइरहेको कम्तिमा पनि ५ वटा मन्त्रालयलाई अरुमा गाभ्नुपर्नेछ । अब बन्ने…
Read More
बालेन सरकारले बोक्नुपर्ने छ संविधानको जनादेश र चुनावको मतादेश

बालेन सरकारले बोक्नुपर्ने छ संविधानको जनादेश र चुनावको मतादेश

नेपालको इतिहासमै कान्छामध्येका एक प्रधानमन्त्रीका रूपमा रास्वपा वरिष्ठ नेता बालेन शाह आज सिंहदरबार प्रवेश गर्दैछन्। राष्ट्रको प्रमुख कार्यकारी पद र उनको व्यक्तिगत कद परस्परमा यसरी मिसिएका छन् कि, नागरिकसामु त्यसैकारण अपेक्षाको चरमचुली निर्माण भएको छ। २१ फागुनको चुनाव मार्फत मुलुकले दिलाएको ऐतिहासिक मतादेश, अनि इतिहासका ठूला संघर्ष र आन्दोलनहरूको मूल्यमा प्राप्त संविधानको जनादेशलाई एकआपसमा तालमेल मिलाउँदै लैजानु नयाँ प्रधानमन्त्री बालेनको मुख्य जिम्मेवारी हुनेछ। बालेनसँग दुईतिहाइ निकटको बहुमत छ, जसको अर्थ संविधानको मर्म अनुसार सुशासन र समुन्नतिको आधार तयार पार्ने हो। किनभने यो संविधानमा ती पात्रको मात्रै छाया देखिंदैन, जसले विगतमा यसलाई जारी गरेका थिए, अनि बालेन र रास्वपाले तिनलाई चुनाव…
Read More