Skip to main content

धनगढी न्यूज

म्याद थपपछि लेखकलाई २ नम्बर गणमा राखिने, ओली अस्पतालमै

Advertisement

१५ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा म्याद दिएसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखिने भएको छ । शनिबार पक्राउ परेका लेखकलाई २ नम्बर गणमा राखिएको थियो । अहिले पनि गणमै राखेर बयानको काम गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

‘उहाँ (रमेश लेखक)लाई २ नम्बर गणमै राखेर अनुसन्धानको काम गर्छौं । म्याद थप भएपछि पनि उहाँलाई २ नम्बर गणमै लगिएको छ,’ एसएसपी थापाले भने ।

सामान्यतया: जुन प्रहरी कार्यालयले अनुसन्धान गर्नुपर्ने हो त्यही प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गर्ने चलन छ । हिरासत नभएको अवस्थामा मात्रै अन्य कार्यालयमा राखिन्छ ।

तर हाइप्रोफाइल तथा पूर्वगृहमन्त्री समेत रहेका लेखकलाई सुरक्षाका कारण २ नम्बर गणमा राखिएको हो ।

परिसर काठमाडौं भद्रकालीमा रहेकाले मान्छे भेटघाट गर्न आउनेको संख्या पनि बाक्लो हुने, परिसरका प्रहरीहरू अन्य दैनिक कामकारबाहीमा व्यवस्त हुने भएकाले सुरक्षामा असर पर्नसक्ने भन्दै लेखकलाई २ नम्बर गणमा राखिएको हो ।

लेखकसँगै पाँच दिन म्याद थप भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने त्रिवि शिक्षण अस्पतालमै राखिने भएको छ । उनको स्वास्थ्यको कारण यसअघि अस्पतालमा राखिएको थियो ।

काठमाडौं जिल्ला अदालतले समेत आइतबार म्यादका लागि दिएको आदेशमा समेत उपचारको प्रबन्ध मिलाउन भनिएको छ । जसकारण उनी भने अस्पतालमै रहने एसएसपी थापाले बताए ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन हुँदा उनीहरू प्रधानमन्त्री र गृहमन्त्रीको रुपमा थिए ।

यो घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली लेखकलाई दोषी रहेको औंल्याउँदै ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

आयोगको उक्त प्रतिवेदन शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गर्ने निर्णय गरेको थियो । लगत्तै शनिबार बिहानीपख ओली, लेखक पक्राउ गरेका थिए ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...