Skip to main content

धनगढी न्यूज

Day: March 29, 2026

सामाजिक सुरक्षा भत्ता अब ७५ वर्षमा दिन सिफारिस

सामाजिक सुरक्षा भत्ता अब ७५ वर्षमा दिन सिफारिस

सामाजिक सुरक्षा भत्ता अब ७५ वर्षमा दिनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको छ। गत पुस १४ गते सरकारले गठन गरेको सुशासन मार्गचित्र समितिले बनाएको प्रतिवेदन अनुसार सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाएर ७५ वर्ष पुर्‍याउन भनिएको हो। हाल सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७० वर्ष रहेको छ। भने एकल महिला, कर्णाली लगायत तोकिएको क्षेत्रमा भने ६५ वर्षमा दिने गरिएको छ। त्यसअघि यस्तो उमेर घटाएर ६८ मा झारिएको थियो। त्यस्तै औषत आयुलाई मध्यनजर गरेर कर्मचारीको अवकास पाउने उमेर बढाएर ६३ वर्ष पुर्‍याउन सुझाव दिइएको छ। निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले १०४९ पृष्ठको सुशासन मार्गचित्र तय गरेको थियो। २०८२ पुस १४…
Read More
बालेन सरकारलाई सहयोग गर्न राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

बालेन सरकारलाई सहयोग गर्न राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग भएको घोषणा गरिएको छ। युनियनका अध्यक्ष राजु ओलियाले सूचनामार्फत राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन भंग गरेको घोषणा गरेका हुन्। सूचनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी सय कार्यसूची उल्लेख गरिएको व्यवस्थालाई स्वागत गर्दै यूनियन भंग गरेको उल्लेख गरिएको छ। १३ चैतमा मन्त्रिपरिषद्ले बैठकले पारित गरेको कार्यसूचीमा सरकारी निकायमा रहेका कर्मचारी युनियन भंग गर्ने उल्लेख छ। थाहा खबर बाट साभार
Read More
म्याद थपपछि लेखकलाई २ नम्बर गणमा राखिने, ओली अस्पतालमै

म्याद थपपछि लेखकलाई २ नम्बर गणमा राखिने, ओली अस्पतालमै

१५ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा म्याद दिएसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखिने भएको छ । शनिबार पक्राउ परेका लेखकलाई २ नम्बर गणमा राखिएको थियो । अहिले पनि गणमै राखेर बयानको काम गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । ‘उहाँ (रमेश लेखक)लाई २ नम्बर गणमै राखेर अनुसन्धानको काम गर्छौं । म्याद थप भएपछि पनि उहाँलाई २ नम्बर गणमै लगिएको छ,’ एसएसपी थापाले भने । सामान्यतया: जुन प्रहरी कार्यालयले अनुसन्धान गर्नुपर्ने हो त्यही प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गर्ने चलन छ । हिरासत नभएको अवस्थामा मात्रै अन्य कार्यालयमा राखिन्छ…
Read More
कछुवा गतिको पूर्वाधार विकासलाई गति दिने बालेन सरकारको कार्ययोजना

कछुवा गतिको पूर्वाधार विकासलाई गति दिने बालेन सरकारको कार्ययोजना

१५ चैत, काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन संशोधनको घोषणा गरेको छ । शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची निर्णयमा सोबारे उल्लेख गरिएको छ । सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, लागत वृद्धि, गुणस्तरहीन कार्य तथा भ्रष्टाचार नियन्त्रण गर्न सार्वजनिक खरिद ऐनलाई ३० दिनभित्र संशोधन गर्ने घोषणा सो निर्णयमा गरिएको छ । जसमा भ्यालु फर मनी, लाइफ साइकल कस्टिङ, ई–गभर्नेन्स मार्केट प्लेस तथा पर्फमेन्स बेस कन्ट्रयाकलाई प्राथमिकता दिइने उल्लेख छ । अब खरिद प्रक्रियालाई पूर्णतः डिजिटल, पारदर्शी तथा ट्र्याकिङयोग्य बनाउने तथा प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने समेत सरकारको निर्णय छ । सरोकारवाला सरकारको यो निर्णयप्रति आशावादी छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष…
Read More
ओली–लेखक रिहाइको माग गर्दै एमालेले आज सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै

ओली–लेखक रिहाइको माग गर्दै एमालेले आज सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै

काठमाडौंः पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ। नेकपा एमालेका सचिव महेश बस्नेतकाअनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको हो। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार बिहान पक्राउ परेका थिए। लगत्तै बसेको सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो। पार्टीको निर्णयअनुसार एमाले कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिँदा शनिबार दिनभर काठमाडौंको माइतीघर–बिजुलीबजार सडकखण्ड तनावग्रस्त भएको थियो। एमालेले…
Read More
पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनलाई नियन्त्रणमा लिएको हो। सीआईबी प्रमुख एआईजी मानेज केसीका अनुसार उनी आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेका हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो। त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो।थाहा खबर बाट साभार
Read More
बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

१५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् । कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका छन् । बालेन र रवि लामिछानेबीचको सहकार्य कुमार बेनको ललितपुरस्थित घर र असिम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलबाट भएको थियो । अन्लाईन खबर बाट साभार
Read More
प्रश्नैप्रश्न माथि उभिएका बालेनको अभिभारा

प्रश्नैप्रश्न माथि उभिएका बालेनको अभिभारा

मेरो उमेर समूहको पुस्ताले नेपालको राजनीतिक परिदृश्यमा भएका उथलपुथललाई नजिकबाट नियाल्ने, त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी हुने र परिवर्तनका उपलब्धिहरूको उपभोग गर्ने दुर्लभ अवसर प्राप्त गरेको छ। यस अर्थमा हेर्दा हाम्रो पुस्तालाई ‘भाग्यमानी पुस्ता’ भन्नु अतिशयोक्ति नहोला। इतिहासका निर्णायक मोडहरू आफ्नै आँखाले देख्ने, त्यसमा भूमिका निर्वाह गर्ने र त्यसका परिणामहरू अनुभूत गर्ने अवसर सबै पुस्तालाई प्राप्त हुँदैन। सक्रिय राजतन्त्रात्मक निर्दलीय तथा निरंकुश पञ्चायती व्यवस्थाको निर्मम दमन, माओवादी युद्धको आक्रान्त स्थिति भोग्दाभोग्दै २०६२/६३ को लोकप्रिय जनआन्दोलन भयो, जसले नेपाली समाजले चाहेको शासन व्यवस्थाको स्थापनाका लागि ऐतिहासिक र निर्णायक भूमिका खेल्यो। यी सबै घटनाक्रमका प्रत्यक्ष साक्षी बनेर हाम्रो पुस्ता निरन्तर सहभागी…
Read More