Skip to main content

धनगढी न्यूज

सामाजिक सुरक्षा भत्ता अब ७५ वर्षमा दिन सिफारिस

Advertisement

सामाजिक सुरक्षा भत्ता अब ७५ वर्षमा दिनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको छ।

गत पुस १४ गते सरकारले गठन गरेको सुशासन मार्गचित्र समितिले बनाएको प्रतिवेदन अनुसार सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाएर ७५ वर्ष पुर्‍याउन भनिएको हो।

हाल सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७० वर्ष रहेको छ। भने एकल महिला, कर्णाली लगायत तोकिएको क्षेत्रमा भने ६५ वर्षमा दिने गरिएको छ। त्यसअघि यस्तो उमेर घटाएर ६८ मा झारिएको थियो।

त्यस्तै औषत आयुलाई मध्यनजर गरेर कर्मचारीको अवकास पाउने उमेर बढाएर ६३ वर्ष पुर्‍याउन सुझाव दिइएको छ।

निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले १०४९ पृष्ठको सुशासन मार्गचित्र तय गरेको थियो।

२०८२ पुस १४ गते प्रधानमन्त्रीस्तरीय निर्णयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको थियो। यो समितिले तयार पारेको प्रतिवेदनमा शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरिएको छ।

जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न समिति तयार भएको उल्लेख छ।

अध्ययन प्रतिवेदनमा सुधार गर्नुपर्ने विभिन्न क्षेत्रलाई पहिचान गरी १,७६५ क्रियाकलाप राखिएको छ। यो क्रियाकलापभित्र विभिन्न राजनीतिक दलहरूले घोषणापत्रमा समावेश गरेका विषयवस्तु, चासो एवं सरोकारहरूलाई पनि प्रतिवेदनमा विश्लेषण गरिएको उल्लेख छ। त्यसैगरी व्यवस्थापिका र न्याय प्रशासन सुधारको विषयमा पनि सुझावहरू समावेश गरिएको छ।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...