Skip to main content

धनगढी न्यूज

कांग्रेसमा देउवा–शेखर समूहको समानान्तर गतिविधि सुरु, नवनिर्वाचित सांसदलाई बधाई दिने

Advertisement

काठमाडौंः नेपाली कांग्रेसका शेरबहादुर देउवा र शेखर कोइराला पक्षधरले समानान्तर गतिविधि सुरु गरेका छन्।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।

पूर्वसभापति शेरबहादुर देउवानिकट एक नेताका अनुसार १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी आपूmलाई आएको बताए। पार्टीको कार्यबाहक सभापतिकौ हैसियतमा खड्का र नेता कोइरालाले कांग्रेसका नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रमसमेत रहेको ती नेताको भनाई छ।

आज दिउँसो १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई बधाईका लागि बोलाइएको हो। यसमा देउवा पक्षका शीर्ष नेताहरू पनि सहभागी हुने बताइएको छ।

यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए। छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए।

खड्काले आगामी दिनमा आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहनसमेत अपिल गरेका थिए।

उता, यसअघि नै शनिबार सानेपामा नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रशिक्षण कार्यक्रम गरिसकेको थियो। केपी ओली र रमेश लेखक पक्राउ प्रकरणमा खड्काले कार्यबाहक सभापति भन्दै विज्ञप्ति जारी गरेपछि कांग्रेसको आन्तरिक विवाद सतहमा आएको हो। कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेसले खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्नेबारेमा पनि छलफल गरेको थियो।थाहा खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...