30
Mar
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दा नेपाल आयल निगमको घाटा बढ्ने संकेत देखिएको छ। सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले भारतबाट प्रशोधित तेल आयात गरी बिक्री–वितरण गर्दै आएको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट तेल किन्छ। निगमले पूर्ण स्वचालित मूल्य लागू गरे पनि भदौ २३ र २४ गते भएको जेनजी आन्दोनलपछि यसलाई निरन्तरता दिन नसकिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए 'जेनजी आन्दोनपछि मुलुकको अवस्था अर्कै बन्यो। त्यसपछि तुरून्तै ठूला चाडपर्व सुरू भयो,' उनले भने, 'त्यतिखेर आइओइसीबाट बढेर आएको बराबर नै मूल्य समायोजन गर्न सकनौं। घाटामा चल्यौं। त्यसपछि इरान–इसराइलको द्वन्द्वले घाटा झनै बढ्यो।' उनका अनुसार जेनजी आन्दोलन पछिको अवस्था र चाडपर्वको समयमा…






