Skip to main content

धनगढी न्यूज

‘पपुलिजम’ कहाँबाट आउँदैछ ?

Advertisement

पश्चिमा लोकतन्त्रहरूमा लोकप्रियतावादी पार्टीहरूको जगजगी छ, तर अहिलेसम्म हामीले तिनीहरूको सफलताको कारणबारे चर्चा गर्न छुटाइरहेका छौँ । त्यसको पछाडि भद्रगोलबाट फाइदा उठाउने उच्चस्तरको उद्यमी–व्यापारिक मोडल छ ।

दक्षिणपन्थी पपुलिजमको ‘माग पक्ष’बारे हामीले मसिनो गरी पर्गेलिसकेका छौँ । अनगिन्ती सङ्ख्यामा भएका सर्भेक्षणहरूले भविष्यबारे निराश तथा अस्तव्यस्त राजनीतिप्रति असन्तुष्ट मतदाताहरू एवं वैकल्पिक नेताहरूले केही गर्न सक्छन् भन्ने आशा राख्नेहरूबारे विस्तारमा बताएका छन् । जसमा अर्थतन्त्र तथा सामाजिक सदभाव नै खत्तम पार्नसमेत सक्ने नीतिगत जोखिम लिन तयार मानिस पनि देखिएका छन् ।

पपुलिष्टहरूको ‘आपूर्ति पक्ष’ भने ज्यादै न्यून अध्ययन भएको छ । खासगरी पपुलिजमको सन्देश, त्यसलाई प्रचार गर्ने सञ्चारमाध्यम र आवश्यक पैसा कसरी परिचालन गरिन्छ तथा सञ्चारमाध्यम–राजनीतिक समूहको जटिल जालो वा यन्त्र कसरी बनाइएको छ भन्नेबारे खासै ध्यान पुगेको छैन ।

यसका लागि हामीले युरोपका पपुलिष्टहरूको पछाडि रहेका व्यापारिक गतिविधि तथा वित्तीय कारोबारहरूको सञ्जाल हेर्नुपर्ने हुन्छ । युरोपका पपुलिष्टहरूको पछाडि विभिन्न लगानी कोष (इन्भेष्टमेन्ट फन्ड), मुलुक बाहिर वा कर छल्न मिल्ने देशमा दर्ता भएका वित्तीय संस्थाहरू, क्रिप्टो मुद्राका कारोबारी तथा राजनीतिक दाताहरू भेटिन्छन् ।

यो सबै तारतम्यको रचना केवल मतदाताहरूलाई प्रभावित गरेर भोट जम्मा गर्नका लागि मात्रै गरिएको हुँदैन । सँगै भद्रगोल अवस्थाको फाइदा उठाउने योजना पनि हुन्छ ।

उनीहरूको लगानी वा सहयोगका कारण राजनीतिक पार्टीहरूको खर्च, नेता तथा ‘थिङ्क ट्याङ्क’ हरूको कमाई एवं विविध अन्तर्राष्ट्रिय भेटघाट र सम्मेलन धानिन्छन् । त्यही पैसाले मिडिया प्रणालीलाई पनि उनीहरूप्रति सहानुभूति राख्नेखालको बनाउँछ ।

यो सबै तारतम्यको रचना केवल मतदाताहरूलाई प्रभावित गरेर भोट जम्मा गर्नका लागि मात्रै गरिएको हुँदैन । सँगै भद्रगोल अवस्थाको फाइदा उठाउने योजना पनि हुन्छ ।

ती सबै पैसाको पछाडि पैसावाला मान्छेहरू छन् । उनीहरूले पपुलिष्ट राजनीतिज्ञलाई प्रोत्साहन गर्ने विविध पत्रपत्रिका एवं सञ्चार माध्यम, ‘थिङ्क–ट्याङ्क’ हरू तथा प्रदर्शनहरूमा लगानी गरेका हुन्छन् । बेलायतको हकमा हेर्दा टेलिभिजन च्यानल चलाइरहेको ‘जीबी न्युज’ तथा ‘प्रोस्पेरिटी इन्स्टिच्युट’ आदि पर्छन् ।

दक्षिणपन्थी नेताहरूको प्रवर्द्धन गर्ने कार्यक्रममा लागेका क्रिप्टो कारोबारी संस्थाहरूसँग जोडिएका संस्थाहरू पनि यसमा पर्छन् । यहाँ नगद प्रवाहको मात्रै विषय होइन । त्योसँगै आपसमा जोडिएका कम्पनीहरू पनि उत्तिकै जिम्मेवार हुन्छन् । बेलायतका चर्चित दक्षिणपन्थी पपुलिष्ट नेता निगेल फराजको ‘तर्न इन द साइड लिमिटेड’ को जीबी न्युजमा सेयर छ ।

अहिले क्रिप्टो मुद्रा पनि नयाँ क्षेत्रको रूपमा आएको छ । केही समय अघि फराज कन्जर्भेटिव पार्टीका पूर्व चान्सलर क्वासी क्वार्टेङको बिटक्वाइन कम्पनीको लगानीकर्ता बनेका छन् ।

दक्षिणपन्थी पपुलिष्टहरूलाई बोकेर हिँडेका धनाढ्यहरू वित्तीय कारोबारको दुनियाँबाट आएको देखिनु संयोगमात्रै होला त ? लगानीकर्ताहरू भद्रगोलमा बाजी राखेर सम्पत्ति जम्मा गर्छन् । तिनीहरूमध्येकै एउटा हिस्साले राजनीतिक उथलपुथलमा पनि खर्च उपलब्ध गराएको एवं बाजी थापेको देखिन्छ ।

यहीँनेर प्रश्न उठ्छ– पपुलिजमबाट उनीहरू कसरी फाइदा उठाउछन त ?

जब कुनै पपुलिष्ट नेता शक्तिमा आउँछ, उसले तुरुन्तै भन्सार महसुल चलाउने कुरा गर्छ । ऋण लगानीमा आधारित वितरणको कुरा गर्छ ।

त्यसका लागि हामीले अहिलेको वित्तीय बजारको स्वरुप बुझ्नुपर्छ । वित्तीय बजारहरूमा ‘स्ट्र्याडल’ भनिने एकप्रकारको सट्टेबाजी हुन्छ, जुन असहज अवस्थामा लगानी हुन्छ । जुनसुकै दिशामा भए पनि मूल्यमा ज्यादै उतारचढाव हुँदा त्यस्तो सट्टेबाजीमा जित हासिल हुन्छ । पपुलिष्टहरूले जित्दा त्यस्तै केही लगानीकर्ता हावी हुने खालको अनिश्चितता वा अन्योल सिर्जना हुन्छ ।

पपुलिष्टहरूको सरकारले आफैँ बजार ‘क्र्यास’ गराउँदैनन्, तर उनीहरूले नीतिगत अन्योल सिर्जना गरेर बजारमा अनिश्चितता पैदा भने पक्कै गरिदिन्छन् । विद्यमान संस्थाहरूलाई चुनौती दिएर, वित्तीय एवं व्यापारिक जोखिम बढाएर तथा केन्द्रीय बैंकको स्वतन्त्रता चलाएर उनीहरूले भद्रगोलको वातावरण सिर्जना गरिदिन्छन् ।

जब कुनै पपुलिष्ट नेता शक्तिमा आउँछ, उसले तुरुन्तै भन्सार महसुल चलाउने कुरा गर्छ । ऋण लगानीमा आधारित वितरणको कुरा गर्छ । विद्यमान संस्थाहरूमा अन्योलको अवस्था सिर्जना गर्छ । केन्द्रीय बैंकलाई दबाब दिन थाल्छ । फलतः बोन्डले दिने आम्दानी, मुद्राको मूल्य तथा धितोपत्र बजारमा उतारचढाव हुन थाल्छ ।

‘हेज फन्ड’ चलाएर बसेका साहुहरूका लागि यो अवस्था नै लगानीका लागि उपयुक्त बनिदिन्छ । त्यसका लागि उनीहरू पपुलिष्टहरूमा लगानी गर्नु वुद्धिमानी ठान्छन् । यदि लगानीले भनेजस्तै काम गरेर सफल भएको अवस्थामा धेरै ठुलो फाइदा हुने सम्भावनाले उनीहरूलाई लोभ्याउँछ ।

अनौठो त के छ भने भद्रगोलको यस्तै नियम पपुलिष्टहरूले निर्वाचनमा पनि प्रयोग गर्छन् । हार वा जित जेसुकै भए पनि पपुलिष्टहरूलाई भद्रगोल वा अस्तव्यस्त अवस्था चाहिन्छ । त्यस्तो अवस्थाले उनीहरूलाई आक्रोश पैदा गर्न सघाउँछ । त्यस्तो आक्रोशले अरुको ध्यान खिचेर उनीहरूमा केन्द्रित गराउँछ ।

सामाजिक सञ्जालको अल्गोरिदमले समाजको सबैभन्दा विभाजनकारी सामग्रीलाई ज्यादै फैलाइदिन्छ । किनभने त्यस्तो विभाजनकारी सामग्रीले मानिसहरूमा सामाजिक सञ्जालको संलग्नता बढाउँछ । अनलाइनमा सबैको ध्यान तान्ने भिडियो क्लिपहरू पोष्ट हुन्छन् ।

त्यस्ता पोष्टले सञ्जालमा आम्दानी बढाउँछन् । सामाजिक सञ्जालमा आक्रोशलाई गरिने हरेक प्रोत्साहनले राजनीतिक ‘फलोअर’ मात्रै बढाउँदैन, ‘प्रोफाइल’ पनि व्यापक बनाउँदै लैजान्छ । जसलाई पछि व्यापारिक सम्झौताहरूका लागि मौद्रीकरण अर्थात् ‘मोनिटाइज’ गर्न सकिन्छ ।

यो पनि तिनै शक्तिहरूमा टिकेको हुन्छ, जसले वैश्विक वित्तलाई आकार दिने गर्छन्, जसमा गति, आकार, अस्पष्टता तथा अस्थिरताको मौद्रीकरण आदि पर्छन् ।

यी कुनै पनि काम गैरकानुनी होइनन् । सबै काम कानुनको सीमाभित्रै बसेर गरिन्छन्, तर यसले ज्यादै गम्भीर कुरा देखाउँछ । आजको पपुलिजम केवल चिन्ता र गुनासोहरूको चहलपहल मात्रै होइन, यो त ठुलो खेलोमेलो हो । यसमा लगानीकर्ताहरू हुन्छन् । यसको आफ्नै आम्दानीको तरिका अर्थात् ‘रेभेन्यु मोडल’ हुन्छ ।

यो पनि तिनै शक्तिहरूमा टिकेको हुन्छ, जसले वैश्विक वित्तलाई आकार दिने गर्छन्, जसमा गति, आकार, अस्पष्टता तथा अस्थिरताको मौद्रीकरण आदि पर्छन् ।

पश्चिमा लोकतन्त्रका लागि चिन्ता पपुलिष्टहरूले जित्लान् भन्नेमात्रै जोखिम होइन । बरु ती पपुलिष्टहरू मुलुकहरूलाई निरन्तर भद्रगोलको अवस्थामा राखिरहन प्रोत्साहित हुन्छन् अर्थात् त्यसो गर्दा उनीहरूलाई फाइदा भइरहेको हुन्छ भन्ने हो । जब अस्थिरता र अन्योलता नै आफैँमा प्रोडक्ट अर्थात् उत्पादन बन्न थाल्छ, त्यस्तो बेला शान्ति र अमन चैन दुश्मन कित्तामा उभिन्छ । र, स्थायी आक्रोशको राजनीतिले समाजको विश्वास प्रणाली नै खत्तम पार्न थाल्छ । ती यस्ता विश्वास प्रणालीहरू हुन्, जसमा उभिएर लोकतन्त्र टिकेको हुन्छ ।

पूरै पश्चिमा दुनियाँमा सरकारहरूले भद्रगोलको मौद्रीकरण गर्ने त्यस्ता तरिकामा रोक लगाउने उपाय खोज्नै पर्छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले भनेजस्तै सामाजिक सञ्जालका अल्गोरिदमहरूको नियमन गर्नु पनि बुद्धिमानी हुनसक्छ ।

त्यसैगरी क्रिप्टो मुद्रा कम्पनी तथा कारोबारीहरूलाई राजनीतिक चन्दा वा दानमा प्रतिबन्ध लगाउनु हुनसक्छ । यस्तो समय हामी चुप लागेर बस्नु हुँदैन । हामीले सट्टेबाजहरूको मोडल नक्कल गर्ने होइन । त्यसलाई ध्वस्त पार्नुपर्छ । लोकतन्त्रको जिम्मेवारी त्यसकै अस्थिरताबाट नाफा कमाउनेहरूको कृपामा छोड्न सकिँदैन ।सीतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...