Skip to main content

धनगढी न्यूज

विद्यार्थी नेता भन्छन्–‘बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त हुँदैन’

Advertisement

काठमाडौं : नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र अस्तित्व रक्षाको चुनौतीपूर्ण मोडमा उभिएको छ।

समय र प्रविधिको मागअनुसार पुरानो ढर्रा त्यागेर राजनीतिमा ‘अपडेट’ र शुद्धीकरणको आवश्यकता औँल्याइएको छ। आन्दोलनलाई विचारको ‘नर्सरी’ मान्दै यसलाई उपेक्षा गर्ने र प्रशासनिक बलमा सिध्याउने खेलको प्रतिवाद विद्यार्थी नेताहरूले गरेका छन्।

विद्यार्थी नेतृत्वलाई आफ्ना पार्टीका शीर्ष नेताको छायाँ मात्र नबनी शैक्षिक मुद्दामा केन्द्रित भएर सडक संघर्षमा खटिन पूर्व नेतृत्वले निर्देशन दिएका छन्। आन्दोलनको गरिमा फर्काउन बदलिँदो सामाजिक मनोविज्ञान बुझ्ने र आचरणगत सुधार गर्दै नीतिगत लडाई लड्न आफूहरू तयार रहेको विद्यार्थी नेता बताउँछन्।

नेपाली कांग्रेसका नेता नैनसिंह महरले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक ढर्राले परिणाम नदिने बताए। संयुक्त विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै नेता महरले राजनीति र विद्यार्थी आन्दोलनमा व्यापक सुधारको आवश्यकता रहेको बताए।

उनले विगत ३५ वर्षको शासन व्यवस्थाको लेखाजोखा नगरेका कारण र युवा पुस्ताको भावना बुझ्न नसक्दा राजनीतिले अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरे। विद्यार्थी राजनीतिलाई विस्थापित गर्ने प्रयास भइरहेको प्रति संकेत गर्दै महरले यसलाई हटाउने नभई सुधार गर्नुपर्नेमा जोड दिए।

विश्वविद्यालयहरूबाट ब्यानर र कार्यलयहरू हटाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालयको नियमावली र संविधानले ग्यारेन्टी गरेको अधिकार भएको दाबी गरे।

नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सुदेश पराजुलीले विद्यार्थी आन्दोलन कुनै व्यक्तिको इच्छाले खारेज नहुने बताए। पराजुलीले विद्यार्थी आन्दोलनको जन्म सडक र संघर्षबाट भएको भन्दै यसलाई कसैले पनि अन्त गर्न नसक्ने जिकिर गरे।

पराजुलीले वर्तमान विद्यार्थी नेतृत्वलाई आफ्ना माउ पार्टीका शीर्ष नेताहरूको छायाँ मात्र नबन्न आग्रह गरे। उनले वैकल्पिक शक्तिका नाममा आएकाहरूलाई सडकमा आएर लोकतान्त्रिक प्रतिष्पर्धा गर्न चुनौती समेत दिए। विद्यार्थी आन्दोलनको ओरालो यात्रा विश्वविद्यालयहरूबाट पिसिएल (प्रविणता प्रमाण पत्र तह) विस्थापित गरेपछि सुरू भएको पराजुलीको तर्क छ।

पराजुलीले विद्यार्थी नेताहरूलाई आन्तरिक विवाद छोडेर सडक संघर्षमा उत्रिन निर्देशन दिए। विद्यार्थी आन्दोलन नेतालाई प्रश्न गर्ने र जवाफदेही बनाउने पाठशाला भएको भन्दै उनले सडकबाटै वर्तमान बेथितिको ठेगान लगाउनुपर्नेमा जोड दिए।

नेकपा एमालेका युवा नेता समिक बडालले नेपालको विद्यार्थी आन्दोलनलाई विचार उत्पादनको मुख्य केन्द्र भएको बताए। बडालले विद्यार्थी आन्दोलनको गरिमा र इतिहासलाई कसैले पनि कम आँक्न नहुने बताए। उनले विगतमा राजतन्त्रको सान्दर्भिकता विरुद्ध बहस चलाउने तागत विद्यार्थी संगठनहरूसँगै रहेको स्मरण गर्दै अहिले विद्यार्थी संगठनको अस्तित्वकै लागि बहसमा जुट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण रहेको उल्लेख गरे।

प्रशासनिक र कानूनी रूपमा विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन खोजिएको आरोप लगाए।थाहाखबर बाट साभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...