Skip to main content

धनगढी न्यूज

Day: April 20, 2026

घरेलु मैदानमा नेपाल यूएईसँग स्तब्ध

घरेलु मैदानमा नेपाल यूएईसँग स्तब्ध

७ वैशाख, काठमाडौं । यूएईसँगको टी–२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए । अलीशान शराफूले १८ रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछाने ३ र कुशल मल्लले एक विकेट लिए ।  त्यसअघि नेपालले १८ ओभर ५ बलको खेल सकिदा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालका कप्तान…
Read More
राप्रपाले बोलायो अनुशासन समितिको बैठक

राप्रपाले बोलायो अनुशासन समितिको बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनुशासन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको समितिका सदस्य भक्ति सिटौलाले जानकारी दिए । बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा छलफल गरी आवश्यक निर्णय हुने उनको भनाइ छ । पार्टीभित्र विवाद बढिरहेको बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय पार्टीभित्रको इतर समूहले अध्यक्ष राजेन्द्र लिङ्दनको कार्यशैलीलाई लिएर प्रश्न उठाउँदै आएका छन् । विशेषगरी महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी समाप्त हुने चेतावनी दिएपछि पार्टीभित्र तरङ्ग उत्पन्न हुँदै आएको छ । सोसहित अनुशासनको दायराभित्र पर्ने समग्र विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ…
Read More
ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा

ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारदेखि सुरू हुने ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाली टोली १ तृत राज दास २ देव खनाल ३ शङ्कर राना ४ ईशान पाण्डे ५ अरनिको यादव ६ विवेक राना मगर ७ अनिल कुमार साह ८ अर्जुन घर्ती मगर ९ नारायण जोशी १० रसिद खान ११ सन्तोष यादव १२ हेमन्त धामी १३ रिजन ढकाल १४ आकाश चन्द १५ विशाल पटेल १६ अर्जुन साउद १७ प्रतिष जी सी १८ कुशल मल्ल १९ युवराज खत्री २० विपिन खत्री २१ दिपेस कँडेल २२ शेर मल्ल २३ रुपेस सिंह २४ सुभ कंसकार…
Read More
विद्यार्थी नेता भन्छन्–‘बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त हुँदैन’

विद्यार्थी नेता भन्छन्–‘बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त हुँदैन’

काठमाडौं : नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र अस्तित्व रक्षाको चुनौतीपूर्ण मोडमा उभिएको छ। समय र प्रविधिको मागअनुसार पुरानो ढर्रा त्यागेर राजनीतिमा ‘अपडेट’ र शुद्धीकरणको आवश्यकता औँल्याइएको छ। आन्दोलनलाई विचारको ‘नर्सरी’ मान्दै यसलाई उपेक्षा गर्ने र प्रशासनिक बलमा सिध्याउने खेलको प्रतिवाद विद्यार्थी नेताहरूले गरेका छन्। विद्यार्थी नेतृत्वलाई आफ्ना पार्टीका शीर्ष नेताको छायाँ मात्र नबनी शैक्षिक मुद्दामा केन्द्रित भएर सडक संघर्षमा खटिन पूर्व नेतृत्वले निर्देशन दिएका छन्। आन्दोलनको गरिमा फर्काउन बदलिँदो सामाजिक मनोविज्ञान बुझ्ने र आचरणगत सुधार गर्दै नीतिगत लडाई लड्न आफूहरू तयार रहेको विद्यार्थी नेता बताउँछन्। नेपाली कांग्रेसका नेता नैनसिंह महरले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक…
Read More