Skip to main content

धनगढी न्यूज

Month: April 2026

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए सडकमा जान्छौं : एमाले

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए सडकमा जान्छौं : एमाले

१६ वैशाख, काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति जनाएका छन् । बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै राजकाज चलाउने प्रयास गरेको भन्दै उनले आपत्ति जनाए । नेता दंगालले सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने संसद्को औचित्य समाप्त हुने जिकिर गरे । ‘अध्यादेशबाटै शासन गर्ने, राजकाज गर्ने सरकारको जुन अलोकतान्त्रिक र असंसदीय तरिका छ यसप्रति हाम्रो घोर आपत्ति छ । हामी अब हेर्दै जान्छौँ भोलिको दिनमा बजेट निर्माण गर्नको लागि…
Read More
अत्तरिया खानेपानीको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता

अत्तरिया खानेपानीको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता

वैशाख १४, २०८३ | अत्तरिया – अत्तरिया साना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । १७ औँ साधारण सभा अन्तर्गत सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन । जसअन्तर्गत हर्क बहादुर शाह, राजेन्द्र खड्का, नन्दराज भट्ट, गणेश शाह र राज बहादुर खड्काले उम्मेदवारी दर्ता गराएको निर्वाचन सचिवालयले जनाएको छ । अध्यक्षका लागि ४ जनाले टिम सहित उम्मेदवारी दर्ता गरेका छन् । जसअन्तर्गत हर्क बहादुर शाह, राजेन्द्र खड्का, गणेश शाह र राज बहादुर खड्काले टिम सहित उम्मेदवारी दर्ता गरेका छन् । हर्क बहादुर शाहको टिमको उपाध्यक्षमा प्रेम सिंह कडायत, महासचिवमा…
Read More
आजबाट कक्षा १२ को परीक्षा सुरु : परीक्षार्थीको संख्यामा भारी गिरावट, ४ लाख १८ हजार सहभागी

आजबाट कक्षा १२ को परीक्षा सुरु : परीक्षार्थीको संख्यामा भारी गिरावट, ४ लाख १८ हजार सहभागी

१४ बैशाख, २०८३ । राष्ट्रिय परीक्षा बोर्ड (एन.ई.बी) द्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आज (सोमबार) देखि देशभर सुरु भएको छ । यस परीक्षामा यस वर्ष देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन्। बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष गत वर्षको तुलनामा परीक्षार्थीको संख्यामा ठूलो गिरावट आएको छ । गत वर्ष ५ लाख ११ हजार ५२५ जनाले परीक्षा दिएकामा यस वर्ष ९२ हजार ७२५ जना घटेर ४ लाख १८ हजार ८ मा सीमित भएको छ । बोर्डले यस गिरावटलाई ‘सकारात्मक’ रूपमा लिएको छ । अघिल्ला वर्षहरूमा नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजामा देखिएको सुधारका कारण आंशिकतर्फका…
Read More
सुकुमवासी बस्ती खाली गर्ने योजना तत्काल रोक

सुकुमवासी बस्ती खाली गर्ने योजना तत्काल रोक

११ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनल सुकुमवासी बस्तीहरू खाली गर्ने योजना तत्काल रोक्न सरकारको ध्यानकर्षण गराएको छ । जबरजस्ती निष्कासन गर्ने कार्य विधिको शासनलाई खतरनाक क्षयीकरणतर्फ लैजान लागेको देखिने र यसले बढ्दो अधिनायकवादी दृष्टिकोण झल्किने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले बस्ती खाली गर्न भन्दै अहिले माइकिङ गरिरहेको छ । शनिबार बिहानैदेखि काठमाडौंका अतिक्रमित बस्ती हटाउने तयारी गरेको छ । यो कुरामा एमनेस्टीले मानवअधिकारको दृष्टिकोणबाट बढ्दा चासो राखेको छ । ‘जबरजस्ती निष्कासन गर्ने कार्यले विधिको शासनको खतरनाक क्षयीकरणलाई प्रतिविम्बित गर्दछ र यसले बढ्दो अधिनायकवादी दृष्टिकोणलाई इंगित गर्दछ,’ एमनेस्टी इन्टरनेसनल नेपालका प्रमुख निराजन थपिलयाले भनेका छन्,’ बालेन…
Read More
खप्तड छेडेदह-६ का वडाध्यक्ष विष्टको निधन

खप्तड छेडेदह-६ का वडाध्यक्ष विष्टको निधन

१० वैशाख, बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको  उमेरमा गएराति निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए । गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहनुभएका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए ।
Read More
देशभर तापक्रम बढ्नेक्रम जारी, तराईका भूभागमा तातो हावा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

देशभर तापक्रम बढ्नेक्रम जारी, तराईका भूभागमा तातो हावा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

२०८३ बैशाख १०। देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ। केही दिनदेखि तराई क्षेत्रमा तापक्रम बढेसँगै गर्मी पनि बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बिहीबार तराई भूभागमा तातो दिन तथा तातो लहर र हिमाली क्षेत्रमा वर्षाको पूर्वानुमान गरेको छ। विभागका अनुसार, दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। मधेसलगायत कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई…
Read More
सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट नदिने व्यवसायीको घोषणा

सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट नदिने व्यवसायीको घोषणा

२०८३ बैशाख १०। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा गरेको छ। यातायात व्यवस्था विभागले विद्यार्थी छुट उपलब्ध गराउन भनी पठाएको पत्रको प्रत्युत्तर दिँदै महासंघले राज्यले व्यवसायीलाई दिँदै आएको कर सहुलियत फिर्ता नभएसम्म कुनैपनि हालतमा विद्यार्थी छुट कार्यान्वयन नगर्ने अडान लिएको हो। २०६५ सालको पुरानो निर्णयलाई आधार बनाएर सरकारले व्यवसायीमाथि दबाब बढाएको भन्दै महासंघले सरकारी नीतिको कडा भत्र्सना गरेको छ। महासंघका अनुसार विगतमा ४५ प्रतिशत विद्यार्थी छुट दिएबापत व्यवसायीले वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशत छुट पाउने सम्झौता थियो। तर, देश संघीयतामा गएपछि सरकारले व्यवसायीले पाउँदै आएको त्यो ६० प्रतिशत सहुलियत २०७३ सालदेखि…
Read More
गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

  २०८३ बैशाख ०९ ।  विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए । सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए । उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन् ।
Read More
सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा तिमिल्सिना

९ वैशाख , २०८३: सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताएका छन् । पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उनले स्पष्ट पारे । यहाँको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री डा तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे । उनले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त…
Read More
‘सत्ताको चक्रव्यूह र न्यायको मरण’

‘सत्ताको चक्रव्यूह र न्यायको मरण’

काठमाडौं : नेपाली राजनीतिको रङ्गमञ्चमा पात्रहरू बदलिन्छन्, तर प्रवृत्ति उस्तै रहन्छ। पछिल्लो समय बालेन्द्र साहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेको छ। झन्डै दुई तिहाईको यो सरकारलाई नागरिकका समस्या समाधान गरेर समृद्ध देश बनाउने कार्यभार छ। तर सरकारका मन्त्रीहरू एकपछि अर्को विवादमा तानिनुले एउटा गम्भीर प्रश्न उब्जाएको छ, के राजीनामा नै अन्तिम हो त? श्रममन्त्री बनेको १३ दिनमै दीपककुमार साह बर्खास्त हुनु र गृहमन्त्री सुधन गुरुङ विवादित पृष्ठभूमिका व्यवसायीसँगको साँठगाँठका कारण विवादमा तानिनुले केवल ‘राजनीतिक व्यवस्थापन’ मात्र हो कि न्यायको पूर्ण प्राप्ति? आम नागरिकले सोधिरहेका छन्ः सत्ताबाट बाहिरिनु नै उनीहरूका लागि पर्याप्त सजाय हो त? जब एउटा मन्त्रीले नैतिकता…
Read More