Skip to main content

धनगढी न्यूज

अत्तरिया खानेपानीको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता

Advertisement
वैशाख १४, २०८३ | अत्तरिया – अत्तरिया साना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । १७ औँ साधारण सभा अन्तर्गत सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन । जसअन्तर्गत हर्क बहादुर शाह, राजेन्द्र खड्का, नन्दराज भट्ट, गणेश शाह र राज बहादुर खड्काले उम्मेदवारी दर्ता गराएको निर्वाचन सचिवालयले जनाएको छ ।
अध्यक्षका लागि ४ जनाले टिम सहित उम्मेदवारी दर्ता गरेका छन् । जसअन्तर्गत हर्क बहादुर शाह, राजेन्द्र खड्का, गणेश शाह र राज बहादुर खड्काले टिम सहित उम्मेदवारी दर्ता गरेका छन् ।
हर्क बहादुर शाहको टिमको उपाध्यक्षमा प्रेम सिंह कडायत, महासचिवमा धनराज विष्ट  जोशी, कोषाध्यक्षमा नर बहादुर बलायर र सचिवमा मदन राज शर्मा (जोशी) रहेका छन् ।  सदस्यमा धर्मराज भट्ट, लक्ष्मी बोहरा, सितादेवी सोप, मनीषा राना, शकुन्तला कुमारी पाण्डे, सुरज जोशी रहेका छन् ।
यस्तै राजेन्द्र खड्का नेतृत्वको  टिममा उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, महासचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउँद  र सचिवमा छबिन्द्र नाथ योगी रहेका छन् । सदस्यमा रमेश कडायत, वीर बहादुर विश्वकर्मा, चन्द्रा कुमारी कठायत, जमुना देवी साउँद, खिमा देवी ओझा र राधा विष्ट कुँवर रहेका छन् ।
राज बहादुर खड्का प्यानलबाट उपाध्यक्षमा चन्द्र सिंह धामी, कोषाध्यक्षमा सुरेन्द्र बहादुर साउँद र सदस्यमा नन्दा देवी कामीले उम्मेदवारी दिएका छन् ।
गणेश शाह प्यानलबाट उपाध्यक्षमा पुष्प राज चटौत, महासचिवमा तीर्थ राज ओझा, कोषाध्यक्षमा बाबु राम बलमपाकी, सचिवमा टेक बहादुर मल्लले उम्मेदवारी दिएका छन् । सदस्यमा अमुना देवी चौधरी, हेमा कुमारी चन्द, हेमा नौन्याल, धना खत्री, चक्र बहादुर देउवा, तेज राज भट्टले उम्मेदवारी दिएका छन् ।
यस्तै गोरख बहादुर कडायतले महासचिव, राम दत्त भट्ट, सकुन्तला सोव, उर्मिला बोगटीले सदस्यमा व्यक्तिगत उम्मेदवारी दिएका छन् । निर्वाचन कार्य तालिका अनुसार संस्थाको नयाँ कार्यसमिति चयनका लागि वैशाख २६ गते मतदान हुने कार्यक्रम रहेको छ । संस्थाका  ५ हजार ७ सय ४२ उपभोक्ता रहेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...