Skip to main content

धनगढी न्यूज

Month: April 2026

१००० दिन : सुकुम्बासीले लालपुर्जा पाउने डेडलाइन

१८ चैत, काठमाडौं । सरकारले ६० दिनभित्र देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन तथा प्रमाणीकरण सम्पन्न गर्ने घोषणा गरेको छ । चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूमा एक हजार दिनभित्र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उल्लेख छ । सरकारको कार्यसूचीमा ‘भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या १००० दिनभित्र समाधान गर्न स्थानीय तहको समन्वयमा घर परिवार सर्वेक्षण सञ्चालन गर्ने, वास्तविक लाभग्राही पहिचानका लागि स्पष्ट मापदण्ड (कट अफ मिति, आयस्तर, अन्य सम्पत्ति स्वामित्व) लागु गर्ने, सार्वजनिक, ऐलानी तथा गुठी जग्गाको अभिलेख अद्यावधिक, नक्साङ्कन तथा जीआईएस आधारित डिजिटल…
Read More
बेइजिङमा ७० वर्षयता नेपालले पाएको पहिलो महिला कूटनीतिज्ञ

बेइजिङमा ७० वर्षयता नेपालले पाएको पहिलो महिला कूटनीतिज्ञ

बेइजिङ । अपर्झट पायो यो वर्ष देशले महिला प्रधानमन्त्री। त्यही अप्रत्यासित  परिणामको बाछिटा उछिट्टिंदै उछिट्टिंदै आइपुग्यो बेइजिङसम्म। अहिले महिला प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका नयाँ प्रधानमन्त्रीलाई जिम्मेवारी सुम्पिएर बिदा भइसकेकी छिन्।  तर जेनजी आन्दोलनको फलस्वरूप अरू केही देश जस्तै  चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली पनि फिर्ता भएपछि दूतावासको कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी छिन् रोशन खनालले। नेपालको कूटनीतिक क्षेत्रमा महिलाको उपस्थिति अझै पनि सीमित छ। तर यही सीमित घेराभित्रबाट आफ्नो क्षमता, मिहिनेत र आत्मविश्वासका बलमा अगाडि बढेकी एक सशक्त व्यक्तित्व हुन् खनाल। चीनस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी खनालको यात्रा सामान्य परिवारबाट शुरु भएर अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चसम्म पुगेको प्रेरणादायी कथा हो। यसअघि बेलायतमा दुईपटक…
Read More
एसईई २०८२ : जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण

एसईई २०८२ : जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण

१८ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । ‘नतिजा एक महिनामा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन छ । त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ,’ एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने । जुन परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा…
Read More