Skip to main content

धनगढी न्यूज

धनगढीमा “हिमालयन एजु फेयर २०८३” आयोजना हुने

Advertisement

२०८३ जेठ ५-  धनगढी | धनगढीस्थित हिमालयन एजुकेशन कन्सल्टेन्सी प्रा.लि. ले विदेश अध्ययनका लागि लक्षित “हिमालयन एजु फेयर २०८३” आयोजना गर्ने भएको छ।

कन्सल्टेन्सीका अनुसार आगामी जेठ ८ गते शुक्रबार धनगढी–०५ हसनपुरस्थित निसर्ग अस्पताल नजिक उक्त कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रम बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने जनाइएको छ।

एजु फेयरमार्फत विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलिया, बेलायत, माल्टा, क्यानडा, जापान र दक्षिण कोरियामा अध्ययनका अवसरबारे जानकारी दिइने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न विश्वविद्यालयका शैक्षिक कार्यक्रम, भिसा प्रक्रिया, छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय करिअर सम्बन्धी परामर्श प्रदान गरिने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक योगेन्द्र चन्दले जनाएका छन् ।

चन्दका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूले विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन् भने विदेश अध्ययनका लागि आवश्यक प्रक्रिया, लागत तथा सम्भावित अवसरबारे विस्तृत जानकारी प्राप्त गर्नेछन्।

“Bridging Dreams, Building Futures” भन्ने नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई समयमै सहभागिता जनाएर आफ्नो सिट सुरक्षित गर्न आग्रह गरिएको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ९७४८८६७२७६९८६५६८७२६८ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...