Skip to main content

धनगढी न्यूज

टेम्पो जानाजान भीरबाट नखसालिएको वन कार्यालयको दाबी

Advertisement

धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ अन्तर्गत चुरे क्षेत्रभित्र अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसेको घटनालाई लिएर फैलिएका आरोपप्रति डिभिजन वन कार्यालय कैलाली ले कडा आपत्ति जनाएको छ। कार्यालयले सामाजिक सञ्जालमा गरिएको प्रचार भ्रामक रहेको जनाउँदै घटनाको वास्तविक अवस्था सार्वजनिक गरेको हो।

कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिअनुसार उक्त स्थान चुरे क्षेत्रभित्र पर्ने अत्यन्त संवेदनशील वातावरणीय प्रणाली हो। वर्षौंदेखि सार्वजनिक वन क्षेत्रमा अवैध अतिक्रमण, टहरा तथा छाप्रा निर्माण र सरकारी वन जमिन कब्जा गर्ने क्रम बढेपछि वन प्रशासनले कानुनअनुसार नियमित रूपमा नियन्त्रण अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

वन कार्यालयले पछिल्ला पाँच महिनामा सो क्षेत्रमा फेरि अवैध संरचना थपिएको र भाइरल बनाइएको टेम्पो कुनै चलायमान सवारी साधन नभई इन्जिनसहितका महत्वपूर्ण भाग हटाइएको पुरानो फलामे संरचना मात्र रहेको स्पष्ट पारेको छ। सो संरचना अतिक्रमण गरी बनाइएको टहराको पर्खालका रूपमा प्रयोग गरिएको दाबी विज्ञप्तिमा गरिएको छ।

कार्यालयका अनुसार करिब एक महिनाअघि नै उक्त संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको थियो। त्यसबेला अन्य टहरा हटाइए पनि टेम्पो प्रयोग गरिएको संरचना हटाउन अटेर गरेपछि वन कर्मचारीले त्यसलाई सडकतर्फ सारिदिएका थिए। तर पछि पुनः सोही स्थानमा ल्याएर राखी अतिक्रमणलाई निरन्तरता दिइएको भनाइ छ।

जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पोलाई पछाडि सार्ने क्रममा जमिनको बनावट असन्तुलित भएकाले नियन्त्रणबाहिर गई भीरबाट खसेको कार्यालयको दाबी छ। वन कर्मचारीले जानाजान भीरबाट धकेलेर खसालेको भन्ने आरोप निराधार रहेको पनि स्पष्ट पारिएको छ।

वन कार्यालयले चुरे संरक्षण, सार्वजनिक वनको सुरक्षा र अतिक्रमण नियन्त्रण कार्य कानुनसम्मत रूपमा भइरहेको जनाउँदै घटनालाई अतिरञ्जित नगर्न आग्रह गरेको छ। साथै, वन संरक्षणको अभियानलाई कमजोर पार्ने उद्देश्यले फैलाइने भ्रमपूर्ण सूचनाप्रति सचेत रहन सञ्चारमाध्यम र सर्वसाधारणलाई अनुरोध गरेको छ।

उक्त टेम्पो खसालिएको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि वन कर्मचारी मात्र नभई सरकारकै आलोचना सुरु भएको थियो। यही पृष्ठभूमिमा जिल्ला वन कार्यालयले पत्रकार सम्मेलन गरी आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...