Skip to main content

धनगढी न्यूज

बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह

Advertisement

काठमाडौँ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा टेवा पु-याउने उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । अन्तर्गत भलिबल, कविता, ब्याडमिन्टन, डोरी तान्ने, फुटबल, हाजिरी जवाफ, टि.टी., म्युजिकल चेयर, नृत्य, स्ट्याण्ड अप कमेडी र दौड प्रतियोगिता सञ्चालन भइरहेको छ ।

डोरी तान्ने प्रतियोगिताको प्रतियोगिताको छात्रातर्फ टिकेश्वरी बोहरा, विमला न्यौपाने, आशा थापा, अस्मिता बोहरा, प्रतिभा खड्का र विपना भण्डारीको समूहले पहिलो स्थान हासिल गरेको छ ।यमुना उपाध्याय, संगीता भट्टराई, अम्बिका न्यौपाने, नवीना  राई, सुवना खड्का, जानकी कठायतको समूह दोश्रोे भएको छ ।

सोही प्रतियोगिताको छात्रर्फ प्रकाश बहादुर साउँद, थानेश्वर प्रसाद पाण्डे, शिवराज न्यौपाने, ललिता टमाटा, अनिल थापा र समीर गैह्रैको समूह प्रथम भएको छ । त्यसैगरी मुकेश सञ्जेल, टेक बहादुर थापा मगर, उत्सव श्रेष्ठ, अरुण तिवारी, आयुहाङ्ग राई र सागर राईको समूह द्वितीय भएको छ । लामो दौड प्रतियोगितामा छात्रातर्फ सुनिता साउँद, झरना राई र अप्सरा राई क्रमशः पहिलो, दोश्रो र तेस्रो भएका छन् । छात्रतर्फ गौतम खडायत पहिलो, विशाल लिम्बू दोश्रो र सुजल सुनुवार तेस्रो भएका छन् ।

म्युजिकल चेयर प्रतियोगिताको छात्रातर्फ रेनुमाया श्रेष्ठ, निली श्रेष्ठ र सुजा श्रेष्ठ क्रमशः पहिला, दोश्रो र तेस्रो भएका छन् । छात्रतर्फ टेक बहादुर थापा मगर पहिलो , सुदीप श्रेष्ठ दोश्रो र सन्तोष कार्की तेश्रो भएका छन् । कार्यक्रम पौष १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...