Skip to main content

धनगढी न्यूज

एसपिए कलेजमा SPA TECH FEST 0.2 सम्पन्न

Advertisement

धनगढीको एसपिए कलेजमा भव्य कार्यक्रमविच आज SPA TECH FEST 0.2 सम्पन्न भएको छ । कैलाली र कंचनपुरका विभिन्न विद्यालय सहभागी रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेशका सामाजिक विकास राज्य मन्त्री माननिय सरस्वती खड्का रहनुभएको थियो । विभिन्न १५ वटा प्रतियोगिता तथा प्रदर्शनी रहेको उक्त कार्यक्रमको अध्यक्षता एसपीए रोबोर्टिक्स क्लबका अध्यक्ष जैनुल अल जफर सिद्धिकीले गरेका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो कला प्रदर्शनी तथा प्रतियोगिताहरुमा प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि माननिय राज्य मन्त्री खड्काले सुदूर पश्चिम प्रदेशमा रहेका नव प्रवर्तनका कार्यमा सरकारको साथ र समर्थन रहेको बताउनु भयो ।

विभिन्न प्रदर्शनीको स्थलगत अवलोकनका क्रममा अतिथिहरुले विद्यार्थीहरुको सीप , कला , कोलशको खुलेरै प्रशंसा गरेको थिए । उनीहरुमा भविष्यमा रोबोटिक्स् तथा प्रविधि क्षेत्रमा राम्रो योगदान पुगाउने प्रचुर सम्भावना रहेको जनाए । कार्यक्रममा धन्यवाद मन्तव्य प्रस्तुत गर्दै क्याम्पस प्रमुख योगराज गौतमले आगन्तुक विद्यालय तथा सहभागी विद्यार्थीहरुलाई एसपिए क्याम्पसले सदैव यस्ता कार्यक्रमका लागि स्वागत गर्न लालायित रहेका बताए । स्टीम तथा रोबोटिक्सका अलावा विद्यार्थीहरुले विविध मनोरञ्जनात्मक कार्यक्रममा समेत सहभागिता जनाएका थिए ।

यो सँगै क्याम्पसकै होटल व्यवस्थापन संकायका विद्यार्थीले फुड स्टलमार्फत विभिन्न स्वादिला परिकारको स्वाद पस्केका थिए । कार्यक्रममा निर्णायकहरुको तर्फबाट बोल्दै इन्जिनियर किरण भट्टले सबै सहभागि विद्यार्थीहरुको प्रदर्शनी अब्बल रहेको तथा सबैमा उत्तिकै सम्भावना रहेको बताए । कार्यक्रम क्याम्पसका BIM प्राध्यापक पुष्प ओझाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...