धनगढी न्यूज

लागुपदार्थको कुलतमा नफसौँ : परराष्ट्र मन्त्री देउवा

Advertisement

धनगढी चौराहा हुँदै पार्कमोडसम्म नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा बृहत पैदल यात्रा गरिएको छ। “लागू औषध त्यागौं ,स्वस्थ र सुखी जीवनतर्फ लागौँ” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री आर्जु राणा देउवाले लागू औषध दुव्र्यसन फस्नु भन्दा अगाडी आफ्ना आमाबुवाको मुहार हेर्न आग्रह गरेकी छिन्। नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि लागू औषध दुव्र्यसन गम्भीर समस्या बनेको परिप्रेक्ष्यमा परराष्ट्र मन्त्री राणाले युवाहरुलाई लागू औषधको प्रयोगबाट टाढा रहन आग्रह गरेकी छिन्।

उनले बाल्यकालमै लागू औषधको असर देखेको अनुभव स्मरण गर्दै भनिन्, “जब म स्कुल पढ्दै थिएँ, लागू औषधको कारणले मेरा तीन जना साथीले ज्यान गुमाएका थिए। अहिले यो समस्या झन् विकराल भएको छ, जसको कारणले मलाई गहिरो चिन्ता र दुख लागेको छ।”

उनले धनगढीका धेरै घरपरिवार यो समस्याबाट प्रभावित भएको बताउँदै युवाहरूलाई लागू औषध प्रयोग नगर्न अनुरोध गरिन्। “पहिलो पटकको सेवनले नै गहिरो असर पार्न सक्छ। एकपटकको लापरवाहीले सिंगो जीवन बर्बाद हुन सक्छ,” उनले भनिन्।

उनले विभिन्न तनाव, जिज्ञासा र दबाबका कारण युवाहरू लागू औषधमा फस्ने गरेको बताउँदै सकारात्मक सोच राख्न आग्रह गरिन्। “सानो कुरामा तनाव लिँदै लागू औषधको सहारा लिनु गलत हो। जीवनमा भएका सकारात्मक पक्षहरू सम्झनुस्, झ्यालबाट निलो आकाश हेर्नुस्, तपाईंलाई शान्ति मिल्नेछ,” उनले थपिन्।

उनले लागू औषधको प्रयोगमा रहेका व्यक्तिहरूलाई सुधार्न सकिने बताउँदै विभिन्न पुनर्स्थापना केन्द्रहरूको महत्वसमेत बताईन् । “एकपटक फसेपछि सुधार हुन सक्दैन भन्ने भ्रम त्याग्नुस्। सुधार संभव छ, प्रयास आवश्यक छ,” उनले बताइन्। घरपरिवारले समेत किशोरावस्थामा पुगेको आफ्ना बालबालिकाको विशेष निगरानी राख्नुपर्नेमा उनले जोड दिइन् ।

पछिल्लो समयमा लागू पदार्थ दुर्वेसनले गर्दा हजारौं संख्यामा युवाहरू कुलतमा लागेर धन र जीवनको क्षतिसँगै घरपरिवारलाई समेत तहसनहस बनाइरहेको अवस्थालाई नियाल्दै समाजमा सचेतना फैलाउने उद्देश्यले उक्त पैदल यात्रा गरिएको नेपाल विद्यार्थी सङ्घ धनगढी नगर इकाईका सभापति तथा कार्यक्रम संयोजक दिपेश बोहराले जानकारी दिए।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एसपिए कलेजसँग जोडिएका १७ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू, जसमा १४ कलेजकै विद्यार्थी

एसपिए कलेजसँग जोडिएका १७ अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू, जसमा १४ कलेजकै विद्यार्थी

  शैक्षिक उत्कृष्टता र खेल प्रतिभालाई एउटै धारमा जोड्ने एसपिए कलेजले, आफ्ना विद्यार्थीहरु लाई स्थानीय मैदानबाट अन्तर्र...
विशेष महाधिवेशन उद्घाटनअघि जुलुस निकाल्दै कांग्रेस, यस्तो छ रुट

विशेष महाधिवेशन उद्घाटनअघि जुलुस निकाल्दै कांग्रेस, यस्तो छ रुट

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्दैछन् । विशेष महाधिवेशनक...
उज्यालो नेपाल पार्टी विभाजित, २० केन्द्रिय सदस्य सहित डा.जोशी रास्वपा तिर

उज्यालो नेपाल पार्टी विभाजित, २० केन्द्रिय सदस्य सहित डा.जोशी रास्वपा तिर

कैलालीः उज्यालो नेपाल पार्टीका उपाध्यक्ष  एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० केन्द्रीय सदस्...
तनहुँको शुक्लागण्डकीमा ३ जनाको शव फेला, हत्याको आशङ्का

तनहुँको शुक्लागण्डकीमा ३ जनाको शव फेला, हत्याको आशङ्का

पोखरा । तनहुँको शुक्लागण्डकीमा एकैदिन ३ जनाको शव फेला परेको छ । दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । श...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×