Skip to main content

धनगढी न्यूज

चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा नियुक्त

Advertisement
कैलालीको धनगढीमा रहेको शिक्षा र संस्कारको सङ्गम, प्रकृति र संस्कृतिको सम्मान, वेद र विज्ञानको संयोजन चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा नियुक्त भएका छन् ।
करिव ३७ वर्ष लामो समय देखि शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल ओझा आज देखि चैतन्य पाठशालाको प्राचार्यको रुपमा सक्रिय हुनु भएको छ । विद्यालयको बिहानी सत्रमा औपचारिक कार्यक्रमको आयोजना गर्दै वैदिक विधि विधानसहित उहाँलाई प्राचार्यको जिम्मेवारी दिइएको हो । नव नियुक्त प्राचार्यलाई पाठशालाले एक कार्यक्रमका बिच स्वागत गरेको छ ।
नव नियुक्त प्राचार्य ओझाले पाठशालाको प्राचार्यको जिम्मेवारी पाएको सुखद क्षणमा सम्बोधन गर्दै अहिले चैतन्य पाठशालाको शिक्षा प्रणाली उत्कृष्ट रहेको र आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउने आफ्नो प्रयास रहने सु-भाव व्यक्त गरे । विगत चार दशक देखि शिक्षण र शैक्षिक संस्थाको नेतृत्व गरिरहनु भएका अनुकरणीय शैक्षिक व्यक्तित्व ओझाले विगत लामो समय धनगढीको ऐश्वर्य स्कुलको प्राचार्यको रुपमा रहेका थिए ।
नव नियुक्त प्राचार्य ओझालाई शुभकामना दिँदै पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले चैतन्य पाठशाला कितावी ज्ञान भन्दा जीवन निर्माणको शिक्षामा जोड दिँदै आएको र चैतन्यले जीवन उपयोगी सीप प्रदान गर्ने समेत बताए । उनले भने चैतन्यको लक्ष्य प्राप्तीमा अबको दिन अझ उत्कृष्ट र सहज हुने आफ्नो आशा रहेको पनि बताए । पाठशाला स्थापनाकाल देखि नै सुदूरपश्चिममै नौलो र छुट्टै पहिचान बनाउन सफल भएको पाठशाला हो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...