Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी

Advertisement

धनगढी : सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा ४० दशमलव २१ प्रतिशत गरिबी रहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रतिवेदनमा सहरी क्षेत्रमा गरिबीको दर ४० दशमलव २१ प्रतिशत रहेको देखाइएको छ।

सुदूरपश्चिम प्रदेशको ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रको गरिबी धेरै देखिएको हो। सुदूरपश्चिमका ग्रामीण क्षेत्रको गरिबी ३० दशमलव ८६ प्रतिशत रहेको छ। प्रदेश सरकारले नेपाल जीवनस्तर सर्वेक्षण अनुसार गरिबीको दर उल्लेख गरेको हो। प्रदेशको औसतमा गरिबी ३४ दशमलव १६ प्रतिशत रहेको छ। नेपालका सात वटा प्रदेशमा सबै भन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा छ।

सुदूरपश्चिम प्रदेश भन्दा कर्णाली प्रदेशको गरिबी कम छ। कर्णाली प्रदेशको गरिबी २६ दशमलव ६९ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशको २४ दशमलव ३५ प्रतिशत, गण्डकी प्रदेशको ११ दशमलव ८८ प्रतिशत, बागमती प्रदेशको १२ दशमलव ५९ प्रतिशत, मधेश प्रदेशको २२ दशमलव ५३ प्रतिशत र कोशी प्रदेशको १७ दशमलव १९ प्रतिशत गरिबी रहेको छ।दिनेश खबर बाट साभार

नेपालको कुल गरिबी २० दशमलव २७ प्रतिशत रहेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...