Skip to main content

धनगढी न्यूज

नवरात्रीको अवसर पारेर गंगेश्वर धाममा महायज्ञको आयोजना गरिने

Advertisement

सुदूर पश्चिमको प्रसिद्ध तीर्थस्थल गंगेश्वर धाम अर्थात गहनान क्षेत्रमा श्रीमद् भागवत महायज्ञको आयोजना गरिने भएको छ । डोटी र डडेल्धुरा क्षेत्रको सीमानामा पर्ने उक्त गहनान क्षेत्रमा नवरात्रीको अवसर पारेर यही चैत्र १७ गतेबाट महायज्ञको आयोजना गर्न लागिएको हो ।

स्कन्द पुराणको मानसखण्डमा समेत चर्चा गरिएको उक्त क्षेत्रमा शाकल्य ऋषिले तपस्या गरेको तपोभूमीका रुपमा समेत गहनान क्षेत्रलाई लिने गरिन्छ । विभिन्न देवीदेवता मन्दिरहरु अवस्थित उक्त क्षेत्रमा पौराणिक महत्व बोकेका दुई नदीहरु कौसिक तथा शाकिल्या नदीको संगम पनि रहेको छ । त्यस क्षेत्रको सांस्कृतिक एवम् पर्यटकीय महत्व दर्शाउने हेतुले प्रचार प्रसार तथा प्रवद्र्धन गर्न आवश्यक ठानेर गहनान क्षेत्र विकास समितिले उक्त महायज्ञ आयोजना गर्न लागिएको मूल व्यवथापन तथा समन्वय समिति संयोजक ललित बहादुर बलायरले बताए ।

साथै , उक्त क्षेत्रको दर्शन तथा संगममा स्नान गर्नाले पितृहरुको उद्धार हुने धार्मिक तथा पौराणिक विश्वास रहेकोले सबैमा सहभागिता जनाउन सल्लाहकार समितिका सदस्य भोजराज भट्टले अनुरोध पनि गरेका छन् । उक्त क्षेत्रको धार्मिक , सांस्कृतिक तथा पर्यटकीय महत्व उजागर गर्न विभिन्न देवीदेवता मूर्ति स्थापना , संग्राहालय निर्माण , धर्मशाला निर्माण , गुरुकुल स्थापना देखि अनाथाश्रम तथा वृद्धाश्रम स्थापनासम्मका परिकल्पना गरिएको आयोजकद्धारा प्राप्त सूचना उल्लेख छ । तसर्थ , सो क्षेत्रमा लाग्ने महायज्ञमा सरिक भई दिव्य कार्यको लाभ लिनुहुन आयोजकद्धारा सबैमा अनुरोध समेत गरिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...