Skip to main content

धनगढी न्यूज

महासंघद्धारा विरोध सभाको आयोजना

Advertisement

नेपाल शिक्षक महासंघ , प्रदेश आन्दोलन परिचालन समिति , सुदूर पश्चिम प्रदेशद्धारा आज सुदूर पश्चिमको धनगढीमा ध्यानाकर्षण , खबरदारी जुलुश तथा विरोध सभा आयोजना गरिएको छ ।

सबै किसिमका शिक्षकहरुलाई समेट्ने गरी गठन भएको उक्त महासंघ अन्तर्गतको प्रदेश आन्दोलन परिचालन समितिले आज ठिक १२ः०० बजे धनगढीमा भेला भई सो जुलुस तथा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगी विरोध सभा आयोजना गरेको हो । लामो समयसम्म देशमा शिक्षा ऐन जारी नभइसकेको परिप्रेक्ष्यमा संसदको यसै हिँउदे अधिवेशनबाट शिक्षकका माग सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न दवाब स्वरुप यस विरोध सभाको आयोजना गरिएको समितिले जनाएको छ ।

विभिन्न शिक्षक संघसंगठनका तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक प्रतिनिधिहरुले पञ्चायत कालिन व्यवस्थामा जारी ऐनको आधारमा अबको शिक्षा अगाडि बढ्न नसक्ने बताउदै शिक्षकका पेशागत माग सम्बोधन हुने गरी यथासक्य छिटो शिक्षा ऐन जारी गर्न दवाब दिएका छन् ।

समितिका तर्फबाट प्रदेश सरकारलाई ध्याकर्षण तथा जानकारी पत्र पनि प्रस्तुत गरिएको छ । उक्त सभामा उल्लेख्य रुपमा शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...