धनगढी न्यूज

धनगढीको सिप मेलामा फास्ट फूडको तालिम लिनेहरू दैनिक चार हजार कमाउदै

Advertisement

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–५का सन्तोषराज उपाध्याय कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको चौथो वर्षमा अध्ययन गर्दै आएका छन्।

उपाध्यायले एक महिनादेखि थ्री स्टार बोडिङ्ग स्कुलको पूर्व तिर पोटली घर सञ्चालन गरेका छन्। उनले नास्ताका परिकारहरू बनाउदै आएका हुन। धनगढीमा सिप तथा रोजगार मेला सञ्चालन हुने भएपछि उनले फारम भरे। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सिप तथा रोजगार मेलाबाट उनले फस्ट फूडका परिकारहरू बनाउन सिकेका छन्। पोटली घरबाट दैनिक चार हजारसम्म आम्दानी हुन थालेको सन्तोषराजले बताए। उनले भने, ‘एक महिना भयो, फास्ट फूड खोलेको छु। सिप थिएन। सिप सिक्नका लागि सिप तथा रोजगार मेलामा आएको हो।’

धनगढी उपमहानगरपालिका–५ हसनपुरकी बिनिता सुरी गृहिणी हुन। उनले होटेल सञ्चालन गर्ने योजना बनाएकी थिइन। तर, नास्ताका परिकार बनाउने सिप नभएकाले उनको योजना रोकिएको थियो। धनगढी उपमहानगरपालिकाले सिप तथा रोजगार मेला सञ्चालन गर्नै समाचार सुनेपछि उनले फारम भरिन्। सिप तथा रोजगार मेलामा फास्ट फूडका परिकार बनाउन सिप सिक्ने भन्दै उनले फारम भरेकी हुन। उनले फास्ट फूडका परिकारहरू बनाउन सिकेकी छन्। निसर्ग अस्पताल क्षेत्रमा नास्ता पसल सञ्चालन गर्ने सोचमा उनी थिइन। तर, सटर नपाएपछि शिवनगरमा नास्ता पसल सञ्चालनको योजना उनले बनाएकी छन्। तालिम पूरा भएपछि चटपटबाट नास्ता पसल सञ्चालन गर्ने र वैशाखबाट नास्ताका परिकारहरू बनाउने उनले बताइन्।

दीपक चौधरी उसुका खेलाडी हुन। उनी कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आएका छन्। तीन महिनादेखि उनले धनगढीमा नास्ता पसल सञ्चालन गर्दै आएका छन्। मोती चोकमा उनको हाम्रो फास्ट फूड एण्ड खाजा घर छ। धनगढी उपमहानगरपालिकाको सिप तथा रोजगार मेलाबाट नास्ताका परिकार बनाउने सिप सिकेपछि उनी मक्ख भएका छन्। उनले खाजा घरमा नास्ताका परिकारमा वृद्धि गर्ने योजना बनाएका छन्। कैलालीको गौरीगंगा–८ बढैपुरका प्रदीप चौधरी पनि सिप सिकेपछि मख्ख भएका छन्। उनले भने, फास्ट फूडको तालिम लिएका छौ। हामी पूर्ण जान्ने भएको होइन। तर, सिप सिकेका छौ। अनुभव नभएपनि सिप भएको छ।’

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सिप तथा रोजगार मेलामा पकौडी, समोसा, चाउमिनका परिकार, छोला समोसा, मःम, भटौरा, पुरी, मञ्चुरेन लगायतका नास्ताका परिकारहरू बनाउन सिकाइएको छ

प्रशिक्षक जयराज शर्माले ५० जनालाई तालिम दिएको बताए। उनले नास्ताका २८ परिकार बनाउन सिकाएको बताएका छन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका छन्।   बिजुलीबजार-न...
काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

धनगढी: नेपाली काँग्रेस, सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ। भारतको खिरी जिल्लाको...
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

काठमाडौं : २०७२ साल वैशाख १२ गतेको भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्विक सम्पदा क्षतिग्रस्त ...
औलोको जोखिममा कञ्चनपुर

औलोको जोखिममा कञ्चनपुर

भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुर...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×