धनगढी न्यूज

इसेवाद्वारा सुदुरपश्चिम प्रदेशका एजेन्ट तथा मर्चेन्टहरूलाइ  प्रशिक्षण प्रदान

Advertisement

वालेट सेवा प्रदायक कम्पनी इसेवा लिमिटेड र जिएसएमए मोबाइल फर डेभ्लपमेन्टको सहकार्यमा धनगढीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न् भएको छ ।धनगढी को जलसा होटलमा सम्पन्न उक्त कार्यक्रम इसेवा एजेन्ट तथा मर्चेन्टहरूका लागि लक्षित गरीएको थियो ।

कार्यक्रममा इसेवाको तर्फबाट डिजिटल फाइनान्सीयल लिट्रेसी, ईन्भेष्टमेन्ट तथा फ्रडबाट कसरी जोगिने भन्ने बारेमा इसेवा धनगढी शाखाबाट सन्तोष राज भट्टले सहभागीहरुलाई  प्रशिक्षण दिनुभएको थियो ।

जिएसएमएको तर्फबाट प्रतिनिधिले डिजिटल लिट्रेसी र त्यसमा इसेवा एजेन्ट्स र मर्चेन्टहरूको भूमिका कस्तो रहन्छ भन्ने कुराको जानकारी इसेवाका एजेन्टलाई गराएका थिए भने जिएसएमएका अधिकारिक प्रतिनिधि दिनानाथ भण्डारीले प्राकृतिक प्रकोपबाट कसरी बच्ने र त्यसमा इसेवा एजेन्ट्सको भूमिका कस्तो रहन्छ भन्ने कुराको प्रशिक्षण दिएका थिए ।


इसेवाले विभिन्न माध्यम मार्फत सुदुरपश्चिम प्रदेशमा कार्यक्रमहरु संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि जनता माझ अझ शसक्त रुपमा लैजान धनगढी शाखा सदैब तत्पर रहेको धनगढी शाखा सिनियर असिस्टेन्ट सन्तोष राज भट्टले  बताए ।

प्रशिक्षण कार्यक्रममा सुदुरपश्चिम प्रदेशका इसेवा एजेन्ट र मर्चेन्ट गरी कुल ४५ जनाको सहभागीता थियो । इसेवा नेपालकै अग्रणाी वालेट सेवा प्रदायक कम्पनी हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका छन्।   बिजुलीबजार-न...
काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

धनगढी: नेपाली काँग्रेस, सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ। भारतको खिरी जिल्लाको...
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

काठमाडौं : २०७२ साल वैशाख १२ गतेको भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्विक सम्पदा क्षतिग्रस्त ...
औलोको जोखिममा कञ्चनपुर

औलोको जोखिममा कञ्चनपुर

भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुर...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×