धनगढी न्यूज

ने.वि.संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समितीद्वारा होली मिलन कार्यक्रम आयोजना

Advertisement

नेपाल विद्यार्थी संघ सुदुर पश्चिमाञ्चल क्याम्पस ईकाइ समिती द्वारा वि.सं. २०८१ सालको फागु पुर्णिमाको अवसरमा होली मिलन कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस कैलाली जिल्ला सचिव निर्प सुनार , नेपाल विद्यार्थी संघ कैलाली जिल्ला सभापती मनिष कुवर लगायत नेपाल विद्यार्थी संघका अग्रज व्यक्तित्वको उपस्थिति रहेको थियो ।

रंगहरुको पर्व होलीमा आयोजित यस कार्यक्रमले विद्यार्थी एकतामा थप उर्जा मिलेको ने.वि. संघ जिल्ला सभापति कुँवरले बताए । सुदुर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषदका सदस्य योगेन्द्र चन्दको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

इकाइ समितिले सम्पुर्ण पदाधिकारी तथा उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद सहित होलि पर्वको हार्दिक शुभकामना पनि व्यक्त गरेको छ । उपस्थित सम्पुर्णलाई शुभकामना प्रदान गरिएको होलि मिलन कार्यक्रम सुदूर पश्चिमाञ्चल क्याम्पसको सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका छन्।   बिजुलीबजार-न...
काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

धनगढी: नेपाली काँग्रेस, सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ। भारतको खिरी जिल्लाको...
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

काठमाडौं : २०७२ साल वैशाख १२ गतेको भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्विक सम्पदा क्षतिग्रस्त ...
औलोको जोखिममा कञ्चनपुर

औलोको जोखिममा कञ्चनपुर

भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुर...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×