Skip to main content

धनगढी न्यूज

‘सेसन विथ सन्दीप’ कार्यक्रम भव्यताका साथ सम्पन्न

Advertisement

कैलालीको धनगढीस्थित एसपीए कलेजद्धारा आयोजना गरिएको ‘सेसन विथ सन्दीप’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरुलाई करिअर काउन्सिलिङका लागि सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख योगराज गौतमले सन्दीप क्षेत्री जस्तो बहुआयामिक व्यक्तित्वलाई स्वागत गर्न पाउनु तथा विद्यार्थीमाझ प्रस्तुत गराउन पाउनु आफैमा गौरवको कुरा भएको बताए ।

कार्यक्रममा वक्ता एवम् प्रस्तोताका रुपमा ख्यातिप्राप्त कमेडियन , टिभी प्रस्तोता तथा प्रेरणादायी वक्ता सन्दीप क्षेत्री रहनुभएको थियो । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले उत्साहजनक रुपमा कमेडी तथा प्रेरक प्रस्तुतीमा सहभागिता जनाएका छन् । जहाँसुकै जुन विषय पढे पनि आत्मप्रेरित भई अनुशासनको पालना गरेमा सफलताको नजिक पुगिने क्षेत्रीले बताए ।

धनगढी लगायत आईबिआरडी , अत्तरिया , गुलरिया , स्याउलेबजार लगायतका क्षेत्रबाट उल्लेख्य रुपमा १५०० बढी विद्यार्थीहरु उक्त  सेमिनारमा सहभागी भएका छन् । उक्त कार्यक्रममा आफ्ना विद्यार्थी पठाएर सहयोग गर्नुहुने ब्रिजकोर्ष तथा कम्प्युटर इन्स्टिच्युटलाई धन्यवाद व्यक्त गर्दै सबैप्रति आभारी रहेको क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरले जनाएका छन् ।

यसैवीच , आज नेपाल राष्टिय क्रिकेट टिमकी क्रिकेट खेलाडी तथा एसपीए कलेजकी भूतपूर्व विद्यार्थी कविता कुँवरलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ । कायक्रममा बोल्दै कुँवरले आफूलाई कलेजले खेलप्रतिको अभिरुचीमा वृद्धि गर्ने एउटा वातावरण सिर्जना गरेकोले आज यो ठाउँमा रहेको बताइन् ।

साथै , सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्येबाट तीन जना भाग्यशाली विद्यार्थीलाई ७५% का दरले छात्रवृत्ति पनि घोषणा गरिएको क्याम्पसले जनाएको छ । कक्षा ११ मा सबैजसो संकाय र विषय पढाइ हुने क्याम्पसमा विभिन्न विद्यामा आर्कषक छात्रवृत्ति रहेको समेत क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...