काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार पनि सदनमा अवरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको हो ।

मंगलबार बैठक सुरु हुनसाथ रास्वपा र राप्रपा सांसदहरूले उठेर विरोध जनाए । त्यसपछि रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय सभामुखले दिए ।
धारणा राख्दै उनले भिजिट भिसाका नाममा भएको मानव तस्करीले देशको शिर अन्तर्राष्ट्रिय स्तरमै निहुरिएको धारणा राखिन् । साथै उनले यसमा छानबिन गर्न आफूहरूले माग गर्दा रोष्ट्रमबाट धम्क्याइएको भन्दै आत्ति पनि जनाइन् ।

त्यहीबिचमा सत्तारुढ कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापति जनाए। उनले मानव तस्करीविरुद्ध विरोध गर्न रास्वपा सांसदले निलो रिवन लगाएर गएकोप्रति आपत्ति जनाए।
मर्यादित पोसाक नभएको भन्दै घिमिरेले बैठकबाटै निकाल्ने अधिकार पनि सभामुखलाई रहेको बताए। रास्वपा र राप्रपा सांसदले झन् चर्को नारा लगाउन थालेपछि बैठक ३० मिनेका लागि स्थागित भएको छ। थाहा खबर बाट साभार










