Skip to main content

धनगढी न्यूज

११ महिनामै साढे २ खर्बको सामान विदेशी बजारमा, यस्ता छन् धेरै निर्यात हुने १५ वस्तु

Advertisement

चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ।

२०८१ साउन महिनादेखि २०८२ जेठसम्मको अवधिमा करिब साढे २ खर्ब (२ खर्ब अर्ब ४७ अर्ब) रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।आयातको अनुपातमा निकै कम निर्यात हुने गरे पनि पछिल्लो ७ महिनादेखि निर्यातमा उच्च वृद्धि छ। पछिल्ला चार महिनामा मात्रै एक खर्ब २१ अर्ब रूपैयाँको निर्यात भएको छ।

अघिल्लो करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला सात महिनामा उल्लेखनीय बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।हालसम्म नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापारमा वार्षिक दुई खर्ब रूपैयाँसम्म निर्यात पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भएको दुई खर्ब तीन करोड रूपैयाँ नै अहिलेसम्मको उच्च निर्यात हो।

तर चालु वर्षको ११ महिनाको अवधिमा नै दुई खर्ब ४७ अर्ब रूपैयाँ निर्यात पुगेको छ। अघिल्लो वर्षको तुलनामा अहिले निर्यात ७७ प्रतिशतले बढेको छ।विगतमा कुनै पनि आर्थिक वर्षमा नदेखिएको निर्यात वृद्धिदर अहिले देखिएको छ। उपलब्ध भन्सार तथ्यांकअनुसार आर्थिक वर्ष २०३१/३२ यता आर्थिक वर्ष २०४०/४१ मा ५० प्रतिशत र त्यसपछिको आर्थिक वर्षमा ६० प्रतिशतको निर्यात वृद्धिदर पुगेको थियो।

गत साउनदेखि असोज महिनासम्म जम्मा ३८ अर्ब ३७ करोड रूपैयाँको निर्यात भएको थियो। अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.११ प्रतिशतले कम निर्यात थियो। त्यसयताको ८ महिनामा भने दुई खर्ब १० अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ। पछिल्लो चार महिना लगातार ३० अर्ब माथिको निर्यात छ।

महिनागत निर्यातको अवस्था

 

चालु आर्थिक वर्षमा  चिया, धागो लगायतका धेरै मूल्य अभिवृद्धि हुने नेपाली उत्पादनहरू केही  बढेको छ।

कुकुर-बिरालोको खाना करिब ३६ प्रतिशतले बढेर चार अर्ब रूपैयाँ बराबरको पुगेको छ। खयर कत्थाको निर्यात २१ प्रतिशतले बढेर २ अर्ब २२ करोड रूपैयाँ बराबरको पुगेको छ।तर धेरै निर्यात बढ्नुमा सबैभन्दा ठूलो हिस्सा खाने तेलको छ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् केशव आचार्यका अनुसार २०५२ सालदेखि यता नेपालको जहिले निर्यात बढेको हुन्छ, त्यतिबेला सबैभन्दा धेरै योगदान, वनस्पति घ्यु तेलको हिस्सा बढी छ। चालु वर्षमा अत्यधिक निर्यात बढ्नुमा भटमासको तेलको हिस्सा धेरै छ।

११ महिनाको अवधिमा भएको दुई खर्ब ४७ अर्ब रूपैयाँको निर्यातमा ३८ प्रतिशत हिस्सा भटमासको तेलको छ। यो अवधिमा ९३ अर्ब ५१ करोड रूपैयाँ बढीको प्रशोधित भटमासको तेलको निर्यात भएको छ।

जबकि अघिल्लो वर्ष यो अवधिमा ८७ करोड रूपैयाँ बराबरको मात्र प्रशोधित भटमासको तेल निर्यात भएको थियो।भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेनलगायतका देशबाट किनिएको छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिएको छ।२०८१ भदौमा भारतले खाने तेलको आयातमा लाग्ने भन्सार महसुल २० प्रतिशत विन्दुले बढाएको थियो।

यसले अन्य राष्ट्रबाट भारतमा जाने तेल महँगो भएको थियो। तर, नेपाल-भारतको वाणिज्य सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने यस्तो तेललाई भन्साररहित सुविधा छ। आयात गरिएको कच्चा पदार्थको हकमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्छ।तर, जेठ महिनादेखि भारतले यस्तो तेलमा १० प्रतिशत विन्दुले भन्सार घटाएको छ। यद्यपि नेपाली उद्योगीहरूले १० प्रतिशतसम्मको भन्सारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन्। जेठको निर्यात तथ्यांकमा भन्सार घटेको प्रभाव देखिएको छैन।

भटमाससँगै सूर्यमुखी तेलको निर्यात पनि उल्लेख्य बढेको छ। चालु वर्षको ११ महिनामा प्रशोधित सूर्यमुखी तेलको निर्यात ११ अर्ब ३३ करोड रूपैयाँको भएको छ। अघिल्लो वर्ष यो अवधिमा १६ करोडको मात्र थियो।सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेनलगायतका देशबाट किनिन्छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिन्छ।

यो वर्ष धागो निर्यात पनि बढेको छ। १० महिनाको अवधिमा ११ अर्ब ६२ करोडको धागो निर्यात भएको छ।अघिल्लो आर्थिक वर्षमा नेपालबाट निर्माणजन्य सामग्रीको निर्यात अत्यधिक भएकोमा यो वर्ष भने यस्ता सामानको निर्यात निकै घटेको छ।

यस्ता छन् ११ महिनामा सबैभन्दा धेरै निर्यात हुने १५ वस्तु

यो वर्ष आयातमा पनि सुधार देखिएको छ। चालु वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब रूपैयाँ बराबरको आयात भएको छ। यो अघिल्लो वर्षको यसै समयको तुलनामा १३ प्रतिशतले बढी हो।

आयात बढ्नुमा पनि प्रमुख हिस्सा खाने तेलको नै देखिएको छ। यो अवधिमा ९५ अर्ब ७२ करोड रूपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ। जबकि गत वर्ष यसै समयमा १३ अर्ब रूपैयाँ बराबरको मात्रै आयात भएको थियो।सेतोपती बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...