Skip to main content

धनगढी न्यूज

Day: June 20, 2025

११ महिनामै साढे २ खर्बको सामान विदेशी बजारमा, यस्ता छन् धेरै निर्यात हुने १५ वस्तु

११ महिनामै साढे २ खर्बको सामान विदेशी बजारमा, यस्ता छन् धेरै निर्यात हुने १५ वस्तु

चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ। २०८१ साउन महिनादेखि २०८२ जेठसम्मको अवधिमा करिब साढे २ खर्ब (२ खर्ब अर्ब ४७ अर्ब) रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।आयातको अनुपातमा निकै कम निर्यात हुने गरे पनि पछिल्लो ७ महिनादेखि निर्यातमा उच्च वृद्धि छ। पछिल्ला चार महिनामा मात्रै एक खर्ब २१ अर्ब रूपैयाँको निर्यात भएको छ। अघिल्लो करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला सात महिनामा उल्लेखनीय बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।हालसम्म नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापारमा वार्षिक दुई खर्ब रूपैयाँसम्म निर्यात पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भएको दुई खर्ब तीन करोड…
Read More
रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिष्कार

  काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको शुक्रबारको बैठक बहिष्कार गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। दुई प्रतिपक्षीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन मा गर्दै अवरोध गरेपछि उक्त कार्यक्रम कार्यसूचीबाट हटेको थियो। तर सभामुखले अन्य कार्यसूची अघि बढाएपछि दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेर बैठक स्थलबाट बाहिरिएका हुन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटे पनि आज विनियोजन विधेयक २०८२ को विभिन्न शीर्षकहरूमाथि छलफल प्रारम्भ हुँदैछ। जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…
Read More
पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार

पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार

पोखरा । पर्यटनको राजधानी पोखरामा होटल व्यवसाय सञ्चालन भइरहेका अधिकांश घरले महानगरबाट नक्सापास लिएका छैनन् । नक्सापासविना होटल चलाउनेहरूमा प्रतिष्ठित र ठुला होटलसमेत छन् । कतिपयले स्वीकृति नलिएको प्रस्टै पुष्टि हुन्छ भने कतिपयको तथ्याङ्क महानगरमा छैन । महालेखा परीक्षकको प्रतिवेदनले २० वटा होटलको नाम नै उल्लेख गरेर नक्सापास नभएको देखाएको हो ।यसरी नक्सापास नलिनेमा फिस्टेल लजदेखि होटल एलो प्यागोडा, फूलबारी होटलसम्म छन् । टेम्पल ट्री रिसोर्ट, कुटी रिसोर्ट, बरपिपल रिसोर्ट, रानीवन रिट्रिट जस्ता होटलको तथ्याङ्क नै महानगरमा छैन । यस्तै, वाटर फ्रन्टले समेत नक्सापास स्वीकृति लिएको छैन ।होटल ग्लासियर, ल्याण्डमार्क, क्लव इन्फिनिटी, हिमालय होम्सदेखि होटल तुलसी, स्तुपा, स्नोल्याण्ड, ड्रागन, फेवा…
Read More
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा होहल्ला नगर्न रास्वपालाई सभामुखको आग्रह

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा होहल्ला नगर्न रास्वपालाई सभामुखको आग्रह

काठमाडौं : सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका छन्। रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेका थिए। सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताए। रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ। प्रश्नोत्तरका लागि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बानेश्वर प्रस्थान गरिसकेका छन्।सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई…
Read More
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैबिच महासंघले सुनमा विलासिता कर साउन १ गतेदेखि मात्रै  लागू हुने स्पष्ट पारेको छ । ‘असार…
Read More