Skip to main content

धनगढी न्यूज

यु-१६ टोलीका भट्ट र रावललाई एसपिए कलेजद्धारा नगदसहित सम्मान

Advertisement

एसीसी यु-१६ पुरुष ईष्ट जोन कप विजेता नेपाल यु-१६ टोलीका दुई होनहार सदस्य, सुदूरपश्चिमका गौरव क्रिकेटर सचिन भट्ट र सुशील रावल ज्यू लाई एसपीए कलेजले सम्मान गरेको छ ।

आज क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा खेलाडी द्धयलाई जनही नगद रु. २५ हजार रुपैयाँसहित उक्त सम्मान गरिएको हो । यसै अवसरमा उनीहरुलाई क्याम्पसमा स्नातकोत्तरसम्म अध्ययनका लागि पनि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको छ ।


सम्मानित खेलाडीहरू हालै मलेसियामा सम्पन्न ‘एसीसी मेन्स यू-१६ ईस्ट जोन कप क्रिकेट प्रतियोगिता’मा सहभागी भई नेपाली यू-१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीसँगै उपाधि जित्न सफल भएका थिए।

कार्यक्रममा खेलाडिहरुले विद्यार्थीहरुमाझ आफ्ना विविध खेल अनुभव पनि साटेका थिए ।

विभिन्न विधाका खेलाडिलाई हौसलास्वरुप सम्मान गर्ने परम्पराको निरन्तरता अन्तर्गत आज पनि सम्मान गर्न पाउँदा गर्वको अनुभूति भएको क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...